जनकपुरधामकाे राजदेवी मन्दिरमा १५ हजार बढी बाेका बलि

सुभाष कर्ण | कात्तिक ६, २०८०

जनकपुरधाम- जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार २५१ बोका बलि दिइएकाे छ ।

आइतबार बेलुकी ८:२० बजेदेखि सुरु भई साेमबार बिहनन ४:०५ बजेसम्म १५ हजार २५१ बाेकाकाे बलि दिइएकाे माता राजदेवी पूजा व्यवस्थापक महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिएका छन् ।

बाेका बलि प्रदानका लागि राजदेवी मन्दिरमा यसपालि पनि ४ वटा ठेहा सञ्चालन गरिएको थियाे । अध्यक्ष गुप्ताका अनुसार एक मिनेटमा एउटा ठेहामा कम्तीमा ३० वटा बोका बलि प्रदान भएकाे थियाे ।

आर्थिक मन्दीका कारण राजदेवी मन्दिरमा यसपालि अन्य वर्षको तुलनामा बोका बलि कम हुने अनुमान गरिएको छ । तर, बोका बलि प्रदानमा खासै असर नपरेकाे र पोहोर वर्षजस्तै जस्तै बलि प्रदान भएकाे उनले बताए ।

पत्रिका जलाउने घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग

सुभाष कर्ण | कात्तिक ४, २०८०

जनकपुरधाम- समाचार लेखिएको निहुँमा डेली एक्सप्रेस पत्रिका जलाएका जनकपुरधामस्थित स्थानीय महावीर युवा कमि...

सशस्त्र प्रहरीले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गर्ने

सुभाष कर्ण | कात्तिक १, २०८०

जनकपुरधाम- सशस्त्र प्रहरी बलले मधेशमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक कार्यक्रम सञ्चालन...

तलब नदिएको भन्दै हुलाक कार्यालय धनुषाका कर्मचारी आन्दाेलित

सुभाष कर्ण | असोज २९, २०८०

जनकपुरधाम- जनकपुरधामस्थित हुलाक कार्यालय धनुषाका कर्मचारीहरूले तलब भत्ता भुक्तानीको माग गर्दै कामक...

दसैँको मुखमा पनि उखु किसानले पाएनन् अनुदानबापतको २९ करोड २५ लाख

इकागज | असोज २८, २०८०

सर्लाही- सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात ...