आलू, प्याज र फलफूलमा लगाइएको कर हटाउन माग

इकागज | असार ६, २०८०

जनकपुरधाम - आलु, प्याज र फलफूल लगायतको खाद्य वस्तुमा लगाइएको कर हटाउनु पर्ने माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघीय सरकारलाई ध्यानाकर्षण बुझाएको छ । 

बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षण पत्रमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेश गरेको वार्षिक बजेटमा कृषिजन्य वस्तुमा यसअघि कायम रहिआएका करका अतिरिक्त १३ प्रतिशत कर समेत थप गरी प्रस्तुत गरिएको वार्षिक बजेटप्रति जनकपुरधाम उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भनिएको छ ।

प्रत्येक नेपाली नागरिकको भान्सामा दैनिक रूपमा उपभोग गरिने र खाद्य अधिकार सम्बन्धी मौलिक हक पोषण सम्बन्धी विषयसँग प्रत्यक्ष सम्बन्धित आलु, प्याज तथा फलफूल जस्ता सामान समेतको आयातमा यसअघि आयातकर्ताले कृषि सेवा शुल्क र अग्रिम आयकरका अतिरिक्त १३ प्रतिशत थप भ्याट समेत लगाउने गरी प्रस्तुत गरिएको बजेटबाट सर्वसाधारण नेपाली नागरिकहरूको खाद्य अधिकार प्रत्यक्ष प्रभावित हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेपाली बजारमा खपत हुने आलु, प्याज तथा फलफुल जस्ता खाद्यसामग्री उपर लगाइरहेको १३ प्रतिशत अतिरिक्त करका कारण भारतीय बोर्डरमा कायम मूल्य र नेपाली बजार मुल्य बीच असन्तुलित बजार भाउ हुन जाँदा व्यवसायी मारमा पर्नुका साथै उपभोक्ता समेतलाई समस्या हुनेछ । 

उक्त करले नेपाल भारतको खुल्ला बोर्डरका कारण चोरी निकासीलाई बढावा दिने भएकाले सरकारको राजश्व पनि डुब्ने खतरा रहेको ठहर ध्यानाकर्षण पत्रमा गरिएको छ ।

नेपालमा उत्पादन हुने आलु, प्याजले उपभोक्ताको मागको १५ प्रतिशतसमेत धान्न नसक्ने अवस्थामा आयातमा निर्भर रहनु परेको र जनताको दैनिक भरण पोषणमा पर्ने आलु, प्याज तथा फलफूलमा कायम गरिएको कर हटाए बजेट पारित गरिने व्यवस्था गर्न माग आफूहरूको रहेको जउवा संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल सरकारसँग गम्भीर छलफल गर्न आवश्यकता देखिएको बताए ।

मृतक आरतीकाे न्यायकाे माग गर्दै प्रदर्शनमा उत्रेकामाथि लाठी चार्ज

सुभाष कर्ण | असार ५, २०८०

जनकपुरधाम- मृतक धनुषाकी आरती साहको माइती पक्षले न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँमा विरोध प्रदर्श...