बागमती प्रदेशसभाको बैठक बस्दै

इकागज | असार १३, २०८०

हेटौंडा- बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । 

प्रदेश सभा  भवन, हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार आजवाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०।८१ को बजेटमाथि आजवाट छलफल सुरु हुनेछ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबार देखी बजेटमाथिको छलफल गरिने कार्यसूची तयार गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अबरोेधका कारण मंगलवारको बैठक सुचारु हुन सकेको थिएन । बजेटमा भेदभाव भएको भन्दै प्रतिपक्ष दलले अबरोध गरेका थिए । 

आज पुन सहमति कायम गरेर बैठक बस्न लागेको हो । बैठक अघि सहमति कायम गर्ने प्रयास हुनेछ ।  

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए, जुन बजेट माथी आज छलफल हुन लागेको हो । 


 

११ बुँदे घोषणा पत्र जारी गर्दै सकियो प्रदेश स्तरीय युवा सम्मेलन

इकागज | असार १२, २०८०

मकवानपुर- बागमती प्रदेशको हेटौंडामा २ दिनसम्म चलेको प्रथम प्रदेश स्तरीय युवा सम्मेलन ११ बुँदे घोषणा पत्र...

एमाले र राप्रपाकाे विरोधपछि बागमती प्रदेशसभा बैठक अवरुद्ध

इकागज | असार १२, २०८०

मकवानपुर- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि बागमती प्रदेशको बैठ...

सडक वरपरका पेन्टिङ र होर्डिङ बोर्ड हटाउन भरतपुर महानगरको ३५ दिने म्याद

इकागज | असार १२, २०८०

भरतपुर। भरतपुर महानगरपालिकाले नगरभित्र सार्वजनिक सडकहरुको वरपरका क्षेत्रमा अनधिकृतरुपमा बनाइएका पेन्टि...

भक्तपुर र मध्यपुरको बजेटमा छलफल, चाँगुनारायण र सूर्यविनायकको बजेट पारित

इकागज | असार ११, २०८०

भक्तपुर- भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत...