जाँदाजाँदै राप्रपाको उद्घोष : काम गरेको देख्नै सकेनन्

इकागज | फागुन १३, २०७९

मकवानपुर​- राजीनामा दिनुअघि राप्रपाका नेताहरूले आफूहरू जनताका लागि सहज भएको तर, काम गरेर देखाउने अवसर नपाएको गुनासाे गरेका छन् ।

बागमती प्रदेश सभामा राप्रपा संसदीय दलको नेता उद्धव थापाले जनताको हितमा काम नभएको दाबी गरे । उनले भने, 'जनताका लागि हामी कति इजी थियौँ त्यो देख्नुभएको छ, काम गर्ने मौका त कहाँ भयो र ?'

थापाले आफूलाई संसद्‍मै अन्य सांसदहरूले विभेदपूर्ण व्यवहार गरेको गुनासो समेत गरे । शनिबार प्रदेश सभाको विशेष समयमा बोल्दै उनले भने, 'सत्तापक्षमा रहँदा मेरो कुर्सी यहाँ (अगाडि इशारा गर्दै) थियो, धकेल्दै धकेल्दै पछाडि पुर्‍याइयो,अब धन्न नमान्नुस्, भोलिबाट हामी प्रतिपक्षमा हुन्छौँ ।'

सत्तामा रहेर, संघीयताको खारेजीको सवाल बलियो बनाउँदै गर्दा सबैले आफूहरूलाई ‘अछुत’ व्यवहार गरेको उनले बताए ।

सत्तामा बसेर सस्तो लोकप्रियताका लागि ताली बजाउनेभन्दा प्रतिपक्षमा बसेर जनतालाई सुसूचित बनाउने र आफूहरूको विचार तथा धारणा स्पष्ट पार्ने भूमिका निर्वाह गर्ने थापाले बताए । 'सत्तामा बसेर संविधानविरुद्धमा गएको भन्ने कुरामा आफूहरू विरुद्ध टेबल बजेको गुनासो गर्दै उनले भने, अब जनताको बीचमा रहेर बोल्दा कस्काे पक्षमा ताली बज्छ, हेर्न च्यालेन्ज गर्न चाहन्छौँ । हामी भिडको पछाडि हैन, जनताको कर्णप्रिय सवालमा हामी छौँ ।'

थापाले आफूसहित तीनजनाले राजीनामा दिँदै गर्दा जिम्मेवार नेताहरूले जिम्मेवारीपूर्वक काम गरेको हेर्ने चाहना भएको बताए । उनले संसद्को विशेष समयमा राजा र हिन्दु राज्यको बारेमा कुरा उठाउँदा अन्य सांसदहरूले आपत्ति जनाएका थिए ।

विशेष समयमा अन्य सांसदहरूले पनि समसामयिक सवालमा आफ्नो विचार राखेका थिए ।

बागमतीमा राप्रपाका मन्त्रीहरूले दिए संयुक्त राजीनामा

इकागज | फागुन १३, २०७९

मकवानपुर- बागमती प्रदेश सरकारलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले संयुक्त रू...

बागमती प्रदेशमा राप्रपाका मन्त्रीहरूले संयुक्त राजीनामा दिने

इकागज | फागुन १३, २०७९

मकवानपुर- बागमती प्रदेश सरकारलाई समर्थन गर्दै मन्त्रिपरिषदमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ...

पर्सा आरक्षबाट भागेको हात्तीले लियो मकवानपुरमा दुई जनाको ज्यान

इकागज | फागुन १२, २०७९

मकवानपुर - पर्सा वन्यजन्तु आरक्षबाट भागेको हात्तीले मकवानपुरमा दुई जनाको ज्यान लिएको छ । एक जना घाइते छ...

बागमती प्रदेशसभाको बैठक : दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल

इकागज | फागुन १०, २०७९

मकवानपुर - बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा वि...

मनाङ मस्याङ्दी र हिमालयन शेर्पा भिड्‌दै :  कसले जित्ला गोल्डकपको उपाधि ?

इकागज | फागुन १०, २०७९

मकवानपुर- मकवानपुरको हेटौंडामा जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको...

नवलपुरबाट निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको सङ्ख्यामा वृद्धि

इकागज | फागुन १०, २०७९

कावासोती- चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरको अमलटारीबाट निकुञ्ज प्रवेश र ...