बिएण्डबी अस्पतालले पत्रकारलाई उपचारमा १५ प्रतिशत छुट दिने

इकागज | मंसिर १७, २०७९

ललितपुर- बिएण्डबी अस्पतालले पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुट दिने भएको छ ।

पत्रकार तथा पत्रकारसँग आश्रित परिवारलाई औषधि तथा उपचारमा छुट दिने सम्बन्धि सम्झौतापत्रमा बिएण्डबी अस्पताल र पत्रकार महासंघ ललितपुर शाखाबीच हस्ताक्षर भएको छ ।

शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा उल्लेख भए अनुसार अस्पतालले नेपाल पत्रकार महासंघमा आवद्ध देशभरका पत्रकार र आश्रित परिवारलाई औषधि र उपचारमा १५ प्रतिशत छुट दिने भएको छ ।  हाल महासंघमा देशभरका १३ हजार पत्रकार आवद्ध छन् ।

यो सम्झौता शुक्रबारबाट २४ महिनासम्म लागू हुनेछ  । पत्रकार तथा पत्रकारसँग आश्रित परिवारका ६ जनासम्मलाई १५ लाखसम्मको उपचारमा उपचारका लागि १५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालका प्रमुख प्रशासक भट्टराईले बताए ।
 

भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ?

इकागज | मंसिर १६, २०७९

काठमाडौं-  नेकपा एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बाले...

दोलखामा ९ हजार ७ मत गणना : कार्कीले ५०३५ मत पाउँदा शिवाकोटीले कति पाए ?

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- दोलखामा बिहीबार बेलुका ९ बजेबाट सुरू भएको मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा क...

सार्वजनिक जग्गा जफत, नोक्सान गरेमा कारबाही गर्छौँ : काठमाडौँ महानगर

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- काठमाडौँ महनगरपालिकाले सरकारी जग्गा तथा सार्वजनिक सम्पत्ति व्यक्ति वा संघ संस्थाले, जफत गरेमा,...

ग्राहकको सवारीसाधन सडकमा पार्किङ गर्न पाउनुपर्ने माग राखी बागबजार बन्द गरे व्यापारीले

इकागज | मंसिर १५, २०७९

काठमाडौँ - सडक किनारमा काठमाडौं महानगरपालिकाले बिहीबार पार्किङ निषेध गरेपछि बागबजार क्षेत्...