काभ्रेमा अवरुद्ध सडक खुल्यो

इकागज | असार २२, २०८१

काभ्रे- अविरल वर्षा पछिको बाढीका कारण अवरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरीले खुलाएको छ ।

त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको कमाण्डमा खटिएको टोलीले अवरुद्ध स्थानहरूको पहिरो पन्छाएको हो  ।

अहिले सो सडकमा यातायात सुचारु भएको छ ।

नागार्जुनमा एक जनाको मृत्यु, बल्खुको सुकुम्बासी बस्ती र तरकारी बजारमा बाढी पस्यो

इकागज | असार २२, २०८१

काठमाडौँ- काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको ...

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढ्यो

इकागज | असार २२, २०८१

काठमाडौँ- गए रातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनु...