पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन उपमेयर डंगोलको आग्रह

इकागज | असार १०, २०८१

काठमाडौँ - काठमाडौँ महानगरकी उपमेयरले पदमा बसपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई आग्रह गरेकी छन् ।

काठमाडौँ महानगरको नगर सभाको बैठकमा बोल्दै उपमेयर डंगोलले सिंहदरबार जलाउने, भत्काउने अभिव्यक्तिले हामी सबैलाई विनाशको बाटोमा लैजाने भन्दै सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताएकी हुन् ।

सबैले छलफल र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरू सार्वजनिक रुपमा विवादमा उत्रिन नहुने बताइन । उनले मेयर र आफू लगायतका युवा नेताहरु राजनीतिमा आएको र आफूहरूका काम विश्वले हेरिरहेको भन्दै आफ्नो अभिव्यक्तिले कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्ने बताएकी छन् ।

उनले न्युरोड, कलंकी जस्ता स्थानको विवाद संवादबाट समाधान गर्नुपर्ने बताएकी छन् ।

तारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक पाँच हजार प्रोत्साहन भत्ता दिने

इकागज | असार ९, २०८१

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायी रूपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक रु ...

ब्राजिलबाट फर्किएपछि बालेनले भने- ठूला सहर केन्द्रित बसाइँसराइलाई व्यवस्थापन गर्न अहिलेदेखि नै नीति बनाउनुपर्छ

इकागज | असार ८, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग...

वीपी र पुष्पलाल प्रतिष्ठानले लगे काठमाडौँ महानगरबाट सबैभन्दा बढी रकम

इकागज | असार ७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाबाट विभिन्न राजनीतिक दलका नेताहरूको नाममा  खुलेका प्रतिष्ठानले १...