विष्णुमती करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो

इकागज | जेठ २, २०८१

काठमाडौँ - टोखा नगरपालिकाले विष्णुमती करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ ।  टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो ।  

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको भवन भत्काइएको जानकारी दिए । 

नगरपालिकाले नयाँबसपार्क नजिक विष्णुमती करिडोरमा निर्माण गरिएका पसलसमेत हटाउन लागेको छ । नयाँबसपार्क पुल नजिक बाँसबाट निर्माण गरिएका ८२ पसल हटाउन लागिएको नगरपालिकाले जनाएको छ । यसअघि टोखाले मनोरथ तीर्थदेखि ग्राण्डी अस्पतालसम्म विष्णुमति किनारामा निर्माण गरिएका संरचना हटाएर करिडोर खोल्ने काम गरिसकेको छ । 

फ्रान्स उडे मेयर बालेन

इकागज | जेठ १, २०८१

काठमाडौँ- कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (...

सडक डिभिजनले ठेक्काबिनै कोटेश्वरमा रेलिङ हाल्दै, व्यक्तिलाई कामको जिम्मा (भिडियोसहित)

शुरज थपलिया | बैशाख ३१, २०८१

काठमाडौँ - निर्माण सामग्री सडकमा जथाभावी राख्दा कोटेश्वर-कलंकी सडक खण्डमा सवारी दुर्घटना बढेको छ ।...

टोलटोलमा सरकार भेटिने बनाउन टोलहरूलाई सक्रिय बनाउँदै वडा नं. १५

इकागज | बैशाख २९, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको वडा नं. १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिन...