आवश्यकता नभएपछि मन्त्री आचार्यलाई बर्खास्त गरेँ : मुख्यमन्त्री पोखरेल

इकागज | कात्तिक २२, २०७९

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारमा आवश्यकता नभएपछि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरेको जानकारी दिएका छन् । 

‘मैले मेरो अधिकार प्रयोग गरेको हुँ । हिजो आवश्यक थियो राख्यौं, अहिले भएन हटाएँ,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’ 

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका छन् । पत्रमा कुनै कुरा उल्लेख नगरिए पनि आसन्न निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोप आचार्यमाथि छ ।  आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ । 

सोमबार पोखरेल गृह जिल्ला नवलपुर भएका कारण मंगलबार आएर हटाएका हुन् । आचार्यले आफूलाई मन्त्रीबाट हटाएको समेत जानकारी नभएको बताए । ‘के आरोप हो । किन हटाएको हो केही थाहा छैन,’ उनले भने, ‘मिडियामा एमालेलाई सहयोग गरेको भनेर सुनेको छु । मैले कसैलाई कतै सहयोग गरेको छैन ।’ 

आचार्यले आफू अब राजनीतिक रुपमा स्वतन्त्र रहेको बताए । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित उनी नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश थिए । यसअघि पनि सरकारविरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर डा. बाबुराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो । 

गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद्  छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए । 
 

गण्डकीका मन्त्री आचार्य बर्खास्तबारे मुख्यमन्त्री कार्यालयका प्रवक्ता बेखबर

इकागज | कात्तिक २२, २०७९

पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाल...

पर्यटन क्षेत्रमा चार ‘क’ का एजेण्डा लिएर चुनावी मैदानमा दीपक गुरुङ

इकागज | कात्तिक २१, २०७९

काठमाडौँ- कास्की १ (ख) मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइला उमेदवार छन् । &lsqu...

अथक प्रयास गर्दा पनि ठेकेदारले धोका दिँदा मध्यपहाडी लोकमार्ग बनेन :  डा. पाठक

इकागज | कात्तिक २०, २०७९

बलेवा- नेकपा एमालेका नेता तथा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार डा सूर्य पाठकले युवा ने...

नवौँ राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका खेलाडीलाई सरकारले बिर्सिसकेको हो ?

धनबहादुर गुरुङ | कात्तिक २०, २०७९

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा ज्यान गुमाएको खेलाडीको परिवारलाई राष्ट्रले बिर्सि...

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : प्रचण्ड

इकागज | कात्तिक १८, २०७९

गोरखा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल...

उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो

इकागज | कात्तिक १७, २०७९

बागलुङ- आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको ...