एमालेको अवरोधका कारण गण्डकी प्रदेशसभा बैठक स्थगित

इकागज | असार २४, २०७९

पोखरा । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक स्थगित भएको हो ।

बजेट माथि छलफल गर्नका लागि बसेको बैठकमा एमालेले अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बजेट बनाउने र प्रस्तुत गर्ने काममा मनपरी गरेकाले एमालेले विरोध गरेको बताए ।

‘नेकपा एमाले सदैव रचनात्मक र सृजनात्मक सहकार्य तयार रहेको छ,’ उनले भने, ‘हामी दिएको साथलाई सत्ता पक्षले कमजोरी ठानेको छ, हामीले देखाएको उदारतामा कमजोरी ठानेर मनमौजी ढंगले आफ्ना कामहरु गर्र्दै गएको छ ।’ प्रदेश सरकारले टुक्रे बजेट बाँडेको प्रति उनीहरुको असन्तुष्टि थियो ।

बैठक सुरु हुनासाथ एमालेले अवरोध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरुबीच छलफल गरिरहेका छन् ।

 

सरकारले दिने सेवा सुविधाको २५ प्रतिशत रकम समाजसेवामा खर्चिने वडाध्यक्ष गुरुङको घोषणा

इकागज | असार २३, २०७९

गोरखा- आरुघाट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजीव गुरुङले सरकारले दिने सेवा सुविधा बापत पाउने ...

पोखराका पूर्व मेयरले सुटुक्क दिएको जग्गाको ठेक्का रद्ध गर्ने तयारी

धनबहादुर गुरुङ | असार २३, २०७९

पोखरा । पोखरा महानगरका पूर्व मेयर मानबहादुर जिसीले एक्लै निर्णय गरेर निजी क्षेत्रलाई दिएको जग्गाको सम्झौ...

आमसञ्चार विधेयक प्रेसमैत्री हुन्छ : मुख्यमन्त्री पोखरेल

इकागज | असार २२, २०७९

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक ...

सांसदले बाँड्ने बजेट राख्‍ने सहमतिपछि आजबाट गण्डकी संसद्‌ सुरु हुँदै

इकागज | असार २०, २०७९

पोखरा- निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरुद्ध गण्डकी प्रदेशसभा सोमब...

बजेट प्रस्तुत भएको १९ दिनपछि गण्डकीको बजेटमाथि छलफल हुँदै

धनबहादुर गुरुङ | असार १९, २०७९

पोखरा- सांसद विकास कोषको बजेट काटिएपछि अन्योलमा परेको गण्डकी प्रदेशको बजेटमाथिको छलफल १९ दिनपछि सोमब...