गाडीमा भारी कर लगाएपछि कांग्रेसकै जिल्ला सभापतिले गरे विरोध

इकागज | असार १३, २०७९

पोखरा - नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । 

नयाँ बजेटमा सरकारले हरेक ६ महिनामा नवीकरण गर्नुपर्ने सर्त सहित करका दर अत्यधिक बढाएको छ । प्रदेशका ११ वटै जिल्लाका सभापतिले संयुक्त विज्ञप्ति जारी गरी सरकारको निर्णय फिर्ता हुनुपर्ने माग राखेका छन् ।

दुई पटक नवीकरण गर्नुपर्ने निर्णयले यातायात क्षेत्र र आम जनतामा कठिनाइ थपिने र पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य सामग्रीमा बढेको चर्को महँगीले जनताको ढाड सेकिरहेको अवस्थामा प्रदेश सरकारले लिएको नीति जनघाती भएको बताइएको छ ।

‘प्रदेश सरकारले दिगो विकासलाई ध्यानमा राख्दै योजना तर्जुमा गरोस् । उत्पादन बढाउने कार्यक्रम ल्याओस्,’ उनीहरूले भने, ‘जनतालाई आत्मनिर्भर बनाउन र रोजगारीको सिर्जना गर्ने कार्यक्रम बनाउनु पर्छ । यातायातमा भएको अनियमितता हटाए आम्दानी स्वतः बढ्छ । दर बढाउनु आवश्यक छैन ।’ 

प्रदेशको अधिकतम आम्दानीको श्रोत यातायात क्षेत्र भएको छ । यसैमा उपभोक्तालाई बढी सास्ती हुने गरी नीति ल्याइएको भन्दै सत्तारुढ कांग्रेसकै सभापतिहरूले विरोध जनाएको गोरखा कांग्रेसका सभापति नन्दप्रसाद न्यौपानेले जानकारी दिए । यसमा ११ वटै जिल्लाका सभापतिले हस्ताक्षर सहित विज्ञप्ति सरकारलाई बुझाएका छन् ।

‘गण्डकी प्रदेशको समृद्धिमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण’

इकागज | असार ११, २०७९

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना साकार ...

मूल्यवृद्धिविरूद्ध युवा संघ र अनेरास्ववियुद्वारा बेंसीशहरमा विरोध प्रदर्शन

इकागज | असार १०, २०७९

लमजुङ- लमजुङको सदरमुकाम बेंसीशहरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको ...

राताे किताब प्रकाशनकाे विषयमा छानविन गर्ने सहमति पछि पाेखरा महानगरकाे बजेट प्रस्तुत हुँदै

इकागज | असार १०, २०७९

पाेखरा। पोखरा महानगरको वार्षिक बजेट तथा कार्यक्रम सुरु भएकाे छ । बजेट प्रस्तुत हुनु अघि नै नेकपा एमाले...

गाउँपालिकाको बजेटः भालु र बाँदर लखेट्न १२ र घोडा खरिद गर्न १५ लाख विनियोजन

इकागज | असार ८, २०७९

पोखरा - कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । किसानले बाँदर र ...

कास्की कांग्रेस सभापतिविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी, हस्ताक्षर अभियान सुरु

इकागज | असार ६, २०७९

पोखरा- नेपाली कांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले ...