कांग्रेस नेता थुनिएपछि कास्कीमा तोडियो गठबन्धन

इकागज | बैशाख ११, २०७९

पोखरा- कास्कीमा गठबन्धन टुटेको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय गरिएको हो । वडा–वडाबाट आएका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने दबाबसहित आन्दोलन गरेपछि जिल्ला नेतृत्व दबाबमा परेको थियो ।  

आन्दोलनमा उत्रिएका कांग्रेस नेता कार्यकर्ताहरुले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक स्थलमै थुनिदिएका थिए ।

उक्त दबाबपछि पोखरा महानगको मेयर र उपमेयर बाहेक सबै पदमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको सचिव भानु ढकालले बताए । यसअघि कास्कीका ४ गाउँपालिकाको अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले लिएर गठबन्धन गर्ने निर्णय भए पनि मनोनयन गर्न समय २४ घण्टा भन्दा कम बाँकी रहँदा तोडिएको हो ।  

अब कुनै पनि वडा र पालिकामा गठबन्धन नहुने कांग्रेसले जनाएको छ । सबैले आफ्नै उम्मेद्वार उठाउन तयारी गरेका छन् । गठबन्धन दलहरुले सोमबार मात्रै मनोनयन दर्ता गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विज्ञप्ति निकालेर स्वस्थ प्रतिष्पर्धा गर्ने र गठबन्धन बाहेक दलहरुसँग तालमेल नगर्ने निर्णय भएको जानकारी दिए।

 

सुन चोरेको आरोप लागेका पोखरा महानगरका एमाले उम्‍मेद्‌वार पौडेलको भिडियो भाइरल

इकागज | बैशाख ११, २०७९

पोखरा- नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको आरोप लागेको छ । उनल...

गण्डकीमा गठबन्धनको मनोनयन भोलि, एमालेको पनि टुंगिएन टिकट

इकागज | बैशाख ११, २०७९

पोखरा- गण्डकीमा गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । सत्ता गठबन्धनको भागबण्डा ...

पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?

इकागज | बैशाख ८, २०७९

पोखरा - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर/उपमेयरको टिकटबारे छल...

सङ्घले अधिकारमा अङ्कुश लगाउँदा अपेक्षित काम गर्न सकिएन: मुख्यमन्त्री पोखरेल

इकागज | बैशाख ६, २०७९

कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानप्रदत्त अधिकारमा समेत सङ्घ सरकारले अ...