बागलुङ पहिरो : थप दुई शव फेला, एक जना अझै बेपत्ता

इकागज | साउन २४, २०८१

ढोरपाटन (बागलुङ)- गत मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परेर बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता छन् । पहिरोमा परेर बेपत्ता ११ वर्षीय मनोज बुढाको शव बिहीबार साँझ फेला परेको हो ।

एघार वर्षीय सुमन थापा अझै बेपत्ता रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गतले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएका थापाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरी खोजी कार्य भइरहेको उनको भनाइ छ ।

पहिरोले घर पुरिँदा स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिने छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबार नै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । आज दुई जनाको शव फेला परेको उनको भनाइ छ । बिहान सात वर्षीया मधु बुढाको शव फेला परेको थियो भने केही बेर अगाडि मनोज बुढाको शव फेला परेको अध्यक्ष अधिकारी बताउँछिन् । 

अध्यक्ष अधिकारीका अनुसार पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएको हुँदा हेलिकप्टरमार्फत उपचार गर्न काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

‘गाउँको शिरमा भिर छ, त्यही भिर कतिबेला खस्ने हो राम्चेवासीलाई पीर छ’

इकागज | साउन २२, २०८१

मध्यविन्दु (नवलपरासी)- बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जय...

जनगुनासोलाई तत्काल सुन्‍न कर्मचारीलाई मन्त्री भट्टराईको आग्रह

इकागज | साउन २०, २०८१

गण्डकी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई ...

डेंगी परीक्षणका लागि ६ सय रुपैयाँ सीमा शुल्क लिन निजी अस्पताललाई निर्देशन

इकागज | साउन १९, २०८१

दमौली (तनहुँ)- तनहुँको व्यास नगरपालिकाले डेंगी परीक्षणका लागि बढीमा रु छ सय मात्र शुल्क लिन निजी अस्पत...