पोखरा वडा १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्‍चालन गर्ने

इकागज | असोज १८, २०८०

काठमाडौँ- पोखरा महानगरपालिका १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आयोगको शाखा अधिकृत, नायब सुब्बा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा तयारी गर्ने भएको हो ।

दक्ष, अनुभवी शिक्षक तथा कर्मचारीबाट कक्षाको तयारी गर्न लागेको पोखरा महानगरपालिका १३ का अध्यक्ष किरण बरालले बताए ।

उनका अनुसार कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी बुझाउनुपर्ने छ । पासपोर्ट साइजको २ फोटो तथा तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपि र हस्तलिखित निवेदन हुनुपर्नेछ ।

वडा कार्यालयबाट फारम वितरण भइरहेको बरालले जानकारी दिए । 'इच्छुक महानुभावले  कात्तिक १ गतेसम्म फारम भर्न पाउँने छन्,' उनले भने ।

शैक्षिक नागरिक विदेश पलायन नहोस र स्वदेशमा रोजगारीका लागि प्रेरणा मिलोस भनेर कक्षा तयारी सञ्चालन गर्न लागेको उनको भनाइ छ ।

'योग्य नेपाली नागरिकलाई स्वदेशमा केही गरौँ भन्नेका लागि यो तयारी कक्षा कोसेढुंगा बन्ने छ,’ उनले थपे,’ बाटो बिराएकालाई लोक सेवा तयारी कक्षाले नयाँ देखाउँने छ । सही बाटोले निश्चित गन्तव्यमा पुर्‍याउँनेछ भनेर विश्वास गरेका छौ ।‘

एमाले गण्डकी : अध्यक्षमा नवराज र मायानाथको उम्मेदवारी दर्ता, प्यानल नबनेकाे दाबी

धनबहादुर गुरुङ | असोज १७, २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दर्ता गरेक...

एमाले गण्डकी : पृथ्वीसुब्बा–खगराजबीच 'आफ्नो मान्छे' नेतृत्वमा पुर्‍याउने रस्साकस्सी

धनबहादुर गुरुङ | असोज १७, २०८०

पोखरा। नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशनको तेस्रो दिन पोखरा सभागृहमा चुनावी सरगर्मी बढ्दै गएको...

गठबन्धनको सरकार रहेसम्म जनताको भाग्य र भविष्य बिग्रन्छ : महासचिव पोखरेल

इकागज | असोज १५, २०८०

पोखरा- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले जनताको भाग्य र भविष्य बिगारेको बता...

एमाले गण्डकीकाे अधिवेशन उद्घाटन गर्न केपी आएनन्, महासचिव शंकर पाेखरेलबाट कार्यक्रम उद्घाटन

इकागज | असोज १५, २०८०

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सोमबार सुरु भएकाे छ । उद्घाटन ...