पोखराको मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ
पोखरा- उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपालमा उपचारका क्रममा साेमबार निधन भएपछि आक्रोशित आफन्तले अस्पतालका डाक्टर अनिल शाहमाथि हातपात गरेका हुन् ।
हातपातमा संलग्न भएकाे आरोपमा बिनय गुरुङलाई सिसिटिभीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले अस्पतालमा समेत तोडफोड गरेका छन् । अस्पतालमा तनावको स्थिति आएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।