दाङको चप्पल गोदाममा आगलागी, पाँच जनाको मृत्यु

इकागज | माघ २८, २०७८

बुटवल- दाङको तुलसीपुर उपमहानगरपालिका-५ ङ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराति भएको आलगागीमा परेर ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । घरभित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने स्थानीयले आशंका गरेका थिए । 'सोही अनुसार हामीले ४ पुरूष र १ बालिकाको शव निकालेका छौँ' डिएसपी अर्यालले भने । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतितपत्रको मार्जिनमा पुनर्विचार गर्न राष्ट्र बैंकसँग व्यवसायीको माग

इकागज | माघ २५, २०७८

भैरहवा- उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंकलाई विलासिताका सामान आयातका लागि प्रतितपत्र ख...