अर्घाखाँचीमा थप एकको मृत्यु, कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुग्यो

इकागज | माघ १८, २०७८

अर्घाखाँची- कोभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाको ज्यान गएको छ । मालारानी  गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हाे ।

११ माघमा संक्रमण पुष्टि भएकी महिलाको मृत्यु भएसँगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । 

अर्घाखाँचीमा हालसम्म कोभिड संक्रमित हुनेको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।