लुम्बिनीका सात विषयगत समितिका सभापति चुनिँदै

इकागज | बैशाख ३, २०८१

बुटवल- लुम्बिनी प्रदेशका सातवटा विषयगत समितिको सभापति चयनका लागि ५ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले सोमबार सूचना जारी गरी वैशाख ५ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिएको छ ।

प्रदेश सभाका प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति र विशेष अधिकार समितिको सभापति चयनका लागि मंगलबार ४ उम्मेदवारी दर्ता हुनेछ ।

प्रकाशित सूचनाअनुसार मंगलबार ४ गते विषयगत समितिको नेतृत्वका लागि मनोनयन दर्ता गर्ने र ५ गते नेतृत्व चयन हुने जनाइएको छ । समितिका सभापतिको चयन सहमतिमै गर्ने तयारीमा दलहरू रहेको बताइएको छ ।  

लुम्बिनीका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण, भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन

इकागज | चैत २५, २०८०

लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजन...