लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न

इकागज | माघ ११, २०८०

दाङ- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए । 

मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका दुई सय १८ मत मध्ये दुई सय १६ मत खसेको र दुई मत खस्न बाँकी रहेकामा  मतदानको समय ३ बजे सम्म रहे पनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानसम्बन्धी सम्पूर्ण काम सम्पन्न भएको निर्वाचन अधिकृत पाण्डेयले बताए । 

दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र दुई १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी तीन सय पाँच मतदाता थिए भने छ जना उम्मेदवार प्रतिष्पर्धामा छन्  । अबको केही बेरमा मत गणना थालिने उनले जानकारी दिए । रासस

सुर्तीजन्य पदार्थ बोके नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा प्रवेश नदिइने

इकागज | माघ ९, २०८०

नेपालगञ्ज- सुर्तीजन्य पदार्थ बोकेर प्रवेश गर्न खोजे नेपालगञ्ज उपमहानगरपालिकाले प्रवेशमा रोक लगाउने भ...

बाँकेको बहुचर्चित सहकारी घोटाला प्रकरण : ४३ करोड अपलचनमा १९ जना दोषी ठहर

इकागज | पुस २७, २०८०

खजुरा (बाँके)- बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहर...