राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा २ सिटका लागि सात जनाको उम्मेदवारी

इकागज | पुस २३, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २ सिटका लागि सात जनाको उम्मेदवारी परेको छ ।

महिला कोटामा ३ जना र अन्य कोटामा ४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले जानकारी दिए । महिला कोटामा नेकपा एमालेबाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।

त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीका वालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । 

दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित

इकागज | पुस १६, २०८०

दाङ- दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँ...

विदेशबाट फर्किएर पशुपालनमा रमाएका पूर्णबहादुर : जसले बेच्छन् दैनिक सय लिटर दूध

इकागज | पुस ९, २०८०

घोराही (दाङ)- रोल्पा रुन्टिगढी गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन ...