लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार बन्छ : प्रदेश सभापति पुन

इकागज | चैत १२, २०७९

काठमाडौँ- नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वको सरकार बन्ने बताएका छन् ।​

रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा बोल्दै  सभापति पुनले एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरूले आइतबार नै समर्थन फिर्ता लिएकाले कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका हुन् ।

सभापति पुनले आइतबार माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएको भन्दै २/३ दिनभित्र कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीको नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले मुख्यमन्त्री लिला गिरीले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोलिदिनेमा आफू विश्वस्त रहेको बताए ।

पुनले ५४ जना सांसदहरूले नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई समर्थन गरेको बताए । ८७ जना प्रदेश सांसदहरू रहेको लुम्बिनी प्रदेशमा कांग्रेसका २७ सांसद छन् । सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।

लुम्बिनीमा सरकार बनाउने दाऊमा कांग्रेस, माओवादीभित्र आन्तरिक खिचातानी

विक्रम खड्का | चैत १०, २०७९

बुटवल- केन्द्रीय सर्कुलर स्पष्ट नहुँदा लुम्बिनीमा नयाँ गठबन्धन अनुसारको प्रदेश सरकार निर्माण हुन ढिला...

समृद्ध प्रदेश निर्माणमा कार्यक्रम लक्षित छन् : मुख्यमन्त्री गिरी

इकागज | चैत ९, २०७९

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्र...

ढल्दै लुम्बिनी सरकार, फेरिएको गठबन्धनले विश्वासको मत फिर्ता लिने हुँदा मुख्यमन्त्री अल्पमतमा

इकागज | चैत ८, २०७९

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्य मन्त्री लीला गिरी नेतृत्वको सरकारअब अल्पमतमा पर्ने भएको छ । प्रमुख...

लुम्बिनी सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई नगदसहित सम्मान गर्ने

इकागज | चैत ७, २०७९

लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार...