लुम्बिनीमा नयाँ सरकार गठनमा ढिलाइ

इकागज | बैशाख १२, २०८०

लुम्बिनी- नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।    
    
प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहेकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा १६८ बमोजिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनसम्बन्धी व्यवस्था छ ।
    
नेकपा (एमाले) संसदीय दलका नेता तथा मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई सोहीअनुसार आह्वान गर्न अनुरोध गरेको थियो ।    
    
त्यसअघि एमाले संसदीय दलको बैठकले पनि धारा १६८ को उपधारा २ अनुरुपको सरकार निर्माण भएर विश्वासको मत गुमाएपछि स्वभाविकरुपमा उपधारा ३ अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्ने आफूहरुको दाबी रहेको एमाले प्रमुख सचेतक तुल्सी चौधरीले बताए । विपक्षी आठ दलले धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले परामर्श  थालेका हुन् ।    
    
प्रदेश कार्यालयका सचिव प्रह्लाद पोखरेलले प्रदेश प्रमुखबाट छिट्टै सरकार बनाउने गरी आह्वान हुने बताए । उनले भने, “प्रदेश प्रमुख कानुनी परामर्शमै हुनुहुन्छ सम्भवतः भोलिसम्ममा नयाँ सरकारका लागि आह्वान हुनसक्छ ।”

...अनि प्रतियोगिताका लागि हिँडेका खेलाडीहरू बाटाेमै अलपत्र परे

विक्रम खड्का | बैशाख १०, २०८०

बुटवल । लुम्बिनी प्रदेशमा सोमबारबाट हुने भनिएको प्रदेश स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता अनिश्चित भ...

महालेखा प्रतिवेदन : पाँच वर्षमा लुम्बिनी सरकारको झण्डै चार अर्ब बेरुजु

इकागज | बैशाख ८, २०८०

बुटवल- गएको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारको झन्डै रु चार अर्ब बेरुजु देखिएको छ । विगत पाँच वर्षमा ल...

अंग्रेजलाई जितेकाे दिन सम्झँदै धुमधामले मनाइयो जितगढी उत्सव (फोटोफिचर)

विक्रम खड्का | बैशाख ७, २०८०

बुटवल । बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयाली...

केही दलहरू वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागे : मुख्यमन्त्री गिरी

इकागज | बैशाख २, २०८०

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका छन् । ...