पुष्पा भुसाल हारेपछि कांग्रेस नेताले दिए राजीनामा

इकागज | मंसिर ८, २०७९

काठमाडौँ- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उनले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका हुन् । उनले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी छन् । जिल्लाका सबै सिटमा एमालेले क्लिन स्विप गरेको छ ।

रेशम चौधरीका बुवा स्वतन्त्र उम्मेदवार लालवीर बर्दिया-२ बाट निर्वाचित

इकागज | मंसिर ७, २०७९

बुटवल- बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मु...

हारिन् रामकुमारी झाँक्री, गुल्मीबाट गोकर्ण विष्टको ह्याट्रिक

इकागज | मंसिर ७, २०७९

काठमाडौँ- गुल्मी-२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले जितेका छन् । २८४७६ मत ल्याएर विष्ट निर्वाचित...

दाङ-२ मा ३८१३२ मत गणना : रेखा शर्मा र शंकर पोखरेलले कति पाए मत ?

इकागज | मंसिर ७, २०७९

दाङ- दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन्...