एमाले कमजोर रहेका रुपन्देहीका ६ पालिकामा गठबन्धन नहुने

इकागज | बैशाख ४, २०७९

बुटवल - रुपन्देहीका ६ वटा स्थानीय तहमा सत्तारुढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे उपस्थिति कमजोर भएको र जसले जितेपनि गठबन्धन दलकै उम्मेदवारले जित्ने अवस्था रहेकाले सत्तारूढ दलहरू छुट्टाछुट्टै निर्वाचन लड्ने निष्कर्षमा पुगेको एक नेताले जानकारी दिए ।

१६ स्थानीय तहमध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने गठबन्धनमा आवद्ध दलहरूबीच सहमति भएको हो ।

यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका  सभापति रामकृष्ण खाँणले बताए ।

अन्य पालिकाकाे हकमा पनि कसरी गठबन्धन गर्ने भन्ने बिषयमा दलहरूबीच छलफल भइरहेको छ ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

इकागज | बैशाख २, २०७९

बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेल नियुक्त भएका...

लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा पोखरेल

इकागज | बैशाख २, २०७९

लुम्बिनी - लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई ...

स्थानीय तह निर्वाचन : रुपन्देहीमा सबै पालिका प्रमुख दोहोरिने दाऊमा

बिक्रम खड्का | बैशाख १, २०७९

बुटवल - स्थानीय तह निर्वाचनको माहोल  तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिध...

लुम्बिनीमा 'कम्युनिकेसन ग्याप'ले एकिकृत समाजवादी छुट्‍यो, सत्ता गठबन्धनको पाँचै दलले तालमेल गर्ने

इकागज | चैत २५, २०७८

बुटवल- लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनलाई स्थानीय चुनावमा मजबुत बनाउने निर्णय भएको छ । गत बुध...

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादी एक्लियो

इकागज | चैत २५, २०७८

बुटवल- सत्ता गठबन्धनले निर्वाचनमा तालमेल गरेर जाने बताए पनि लुम्बिनी प्रदेशमा भने एकीकृत समाजवादीबाहेक...