कांग्रेस कमजाेर हुने गरी गरिने गठबन्धन स्वीकार्य छैन: सभापति पुन

इकागज | चैत १९, २०७८

बुटवल - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसलाई कमजोर बनाउने गरी हुने कुनै पनि गठबन्धन आफूहरूलाई स्वीकार्य नहुने बताए । नेपाली कांग्रेसद्वारा आज बाँकेको नरैनापुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुनले कांग्रेस कम्जोर हुने गरी कुनै चुनावी गठबन्धन स्वीकार्य नहुने बताए । 

सभापति पुनले कांग्रेस एकलै चुनाव लाड्दा पनि अहिले दुइतिहाई स्थानीय तह जित्ने अवस्थामा रहेको दाबी गर्दै कांग्रेसलाई कम्जोर बताउने उद्देश्यले रचिएका भ्रमहरू तोड्न कार्यकर्ताहरूमा अनुरोध गरे ।

सभापति पुनले स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरीत केन्द्रबाट चुनावी तालमेल लाद्न खोजे अनेपक्षित परिणाम आउने बताए। चुनावी गठबन्धनका लागी स्थानीय तहका समितीलाई नै पूर्ण अधिकार दिनु पर्ने सभापति पुनले पुन: माग गरे । आमसभामा विभिन्न पार्टी परित्याग गरि २५० भन्दा बढी नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस नरैनापुर गाउँ समितीले जनाएको छ ।

भ्यू टावर उद्घाटन गर्दै ओलीले भने- यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्

इकागज | चैत १५, २०७८

बुटवल- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको...