कर्णालीका पालिकाहरु पनि जुटे बजेट निर्माणमा

इकागज | असार ८, २०८०

सुर्खेत । कर्णालीका स्थानीय तहहरु बजेट निर्माणमा जुटेका छन् । संघीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट ल्याइसकेपछि स्थानीय तहहरु पनि बजेट निर्माणमा जुटेका छन् । पालिकाहरू आगामी बजेटमा समावेश गरिने योजना र कार्यक्रम बनाउने अन्तिम तयारीमा छन् ।

यतिबेला जनप्रतिनिधि र कर्मचारी बजेट निर्माण र योजना छनौटका लागि व्यस्त छन् । प्राथमिकताअनुसार योजना छनोट गर्ने र आवश्यक बजेट विनियोजनको लागि गृहकार्य भइरहेको पालिहरुले जनाएका छन् । स्थानीय सरकारले असार १० गतेभित्र वार्षिक बजेट गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार आगामी आर्थिक वर्षको अनुमानित आय–व्ययको विवरण तयार हुँदैछ । बजेटको तयारीका लागि बस्ती र टोल भेलाबाट आएका योजनाहरूको प्राथमिकरण हुँदैछ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका पनि यतिबेला बजेट निर्माणको तयारीमा छ । विषयगत शाखाहरूमा पनि यतिबेला टोलबाट आएका योजनामाथि छलफल चलिरहेको छ । नगरप्रमुख हस्त पुनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेटको तयारी भइरहेको बताए । विगतमाजस्तै आगामी आर्थिक वर्षमा समेत स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रमै केन्द्रित गर्नेगरी बजेट ल्याउने तयारी भइरहेको पुनको भनाइ छ । 

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पनि बजेट ल्याउने तयारी गरेको छ । नगरप्रमुख लालविर भण्डारीले सबै वडामा बस्तीस्तरीय भेला सकेर भेलाबाट आएका योजनाहरू वडामार्फत नगरसभामा पठाउने काम भइरहेको जानकारी दिए । ‘

सुर्खेतकै बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले पनि निर्धारित समयभित्रै बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । भेलाबाट आएका मागलाई प्राथमिकीकरण गरेर आगामी वर्षको बजेट ल्याइने भण्डारीले बताए । भण्डारीका अनुसार अहिले सबै वडाबाट आएका योजनाको विषयगत शाखामा छलफल भइरहेको छ । 

यसपटक संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान घटेकाले पालिकाको बजेटको आकारसमेत घट्ने भएको छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण र राजस्व बाँडफाँडतर्फको बजेट घटेर आएकाले बजेटको परिधि खुम्चिने पालिकाले जनाएका छन् । चालु आर्थिक वर्षको भन्दा बजेट घटाउनुपर्ने अवस्था आएको पालिकाहरूले जनाएका छन् । अनुदान कटौतीका कारण बजेटको आकार घट्नुका साथै प्राथमिकताक्रम फेरिने देखिएको छ । आम्दानीसमेत न्यून भएकाले बजेटको सीमा परिवर्तन गर्नुपरिरहेको छ ।’ नगरपालिकामा वित्तीय समानीकरणतर्फ दुई करोड बजेट घटेर आएको गुर्भाकोट नगरपालिकाका पालिका प्रमुख पुनले जनाए ।


 

वीरेन्द्रनगरमा रंगशालाको निर्माणको काम धमाधम: लक्ष्य १० औं राष्ट्रिय खेलकुद

इकागज | असार ७, २०८०

सुर्खेत। आउँदो वर्ष मंसिरमा कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रंगशाला नि...

बजेट निर्माणमा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही

इकागज | असार ५, २०८०

सुर्खेत- कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्...

वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने कर्णाली प्रदेश सरकारकाे लक्ष्य

इकागज | असार २, २०८०

कर्णाली- कर्णाली प्रदेश सरकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भए...

कर्णालीको बजेट मुुख्यमन्त्री र मन्त्री केन्द्रीत

लक्ष्मी भण्डारी | असार २, २०८०

सुर्खेत । कर्णाली सरकारले शुक्रबार ल्याएको बजेटप्रति प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको छ । बजे...