कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

इकागज | असार २६, २०८०

कर्णाली- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ ।

असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत आज बसेको २५औँ बैठकमा प्रदेश सदस्यले उठाएका प्रश्न एवं जिज्ञासाको जवाफ दिए ।

 मुख्यमन्त्री शर्माले जवाफ दिएलगत्तै सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०८०’ र ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०८०’ पारितका लागि सभामा प्रस्ताव गर्न समय दिइन् । मन्त्री सिंहले कर्णाली प्रदेशसभा नियमावली, २०७० को नियम १४० को उपनियम १२ र नियम १४७ को उपनियम ५ बमोजिम दुवै विधेयक पारितका लागि सभामा प्रस्ताव राखिन् । 

उक्त प्रस्तावपछि सभाबाट बजेट बहुमतले पारित भएको सभामुख गुरुङले घोषणा गरे । कर्णाली प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको छ ।

पूर्वप्रदेश सांसद परियार पक्राउको विरोधमा एमालेको प्रदर्शन

इकागज | असार २५, २०८०

मुगु- पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आर...

मानव संशाधनको विकासबिना भौतिक विकास हुन सक्दैन : मुख्यमन्त्री शर्मा

इकागज | असार २३, २०८०

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गुणस्तरीय शिक्षा कर्णालीको आवश्यकता भएको बताएक...

कृषि क्षेत्रमा पर्याप्त बजेट नल्याइएकाे कर्णालीका सांसदको गुनासो

इकागज | असार २३, २०८०

सुर्खेत/भेरीगङ्गा- कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले सरकारले कृषि क्षेत्रमा ध्यान दिन नसकेको टिप्पणी गर...

कर्णालीमा अन्तरजातीय विवाहपछिका दर्दनाक घटना : घरमा आगो लगाउनेदेखि हत्यासम्म

लक्ष्मी भण्डारी | असार २२, २०८०

सुर्खेत- असार तेस्रो साता जुम्लाको तातोपानी वडा नम्बर ४ मा अन्तरजातीय विवाह गरेका कारण दलित परिवा...