सुदूरपश्चिम

बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने

इकागज | चैत १७, २०७८

बाजुरा- सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । 

अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए । 

अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए । अस्पताललाई जनमुखी बनाउने गरी काम गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कार्कीको भनाइ छ । सम्मेलनमा ५० शय्याको अस्पताल निर्माणाधीन रहेको र तत्काल सम्पन्न गरी निर्माण भएको नयाँ भवनबाट सेवा प्रदान गर्ने कार्कीले बताए । 

अस्पतालमा नर्सिङ कक्षा सञ्चालनका लागि प्रदेश सरकारसँग अनुमतिका लागि पहल गर्ने अध्यक्ष कार्की बताउँछन् । अस्पतालमा आएका बिरामीलाई १० प्रतिशत छुट दिँदा नागरिक धेरै राहत पाउने अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताउनुभयो । अस्पतालको फार्मेसीमा ७५० प्रकारका औषधि रहेको डा जोशीले जानकारी दिए ।  

६ महिनापछि बसेको प्रदेशसभा बैठक बिजनेस नभएको भन्दै स्थगित

दीपक उपाध्याय | चैत १५, २०७८

कैलाली - झन्डै ६ महिनापछि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकपछि सभामुखले ...

मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट :  गण्डकी प्रदेशलाई उपाधि

दीपक उपाध्याय | चैत ११, २०७८

कैलाली – कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको ...

राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश

इकागज | चैत ११, २०७८

सुदूरपश्चिम- धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबार...

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता : सुदूरपश्चिम र आर्मीको विजयी सुरुवात

दीपक उपाध्याय | चैत ७, २०७८

धनगढी- ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टोली त्रिभुवन आर्मी क्लब ...