सुदूरपश्चिम

कमलबजार नगरपालिकामा ६ दिनदेखि ताला

इकागज | असोज २४, २०८०

अछाम - अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।

नगर कार्यपालिकाले हालसम्म पनि  बजेट पारित हुन नसकेको र राजनीतिक दलहरूले उठाएका मागलाई सम्बोधन नगरेका भन्दै यही असोज १९ गते चार राजनीतिक दलले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी मालेले संयुक्तरुपमा ताला लगाएका हुन् । नगरपालिकामा भएको तालाबन्दीका कारण सेवाप्रवाह नहुँदा सेवाग्राहीलाई  समस्या भएको छ ।

तालाबन्दी भएको छ दिन बितिसक्दा पनि समस्या समाधानको प्रयास नभएकामा सर्वसाधारण आक्रोशित भएका छन् । यही असोज २६ गते नगरपालिकाले सर्वदलीय बैठक आह्वान गरेको नगर प्रमुख यज्ञप्रसाद ढकालले राससलाई बताए । 

अछामका सबै पालिकामा बजेट पारित भएको महिनौँ बितिसक्दा पनि कमलबजार नगर कार्यपालिकामा बहुमतको दम्भ देखाउँदै बजेट पास भएको छैन । कार्यपालिकामा एमालेको बहुमत छ । 
रासस

एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित

इकागज | असोज २३, २०८०

काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशनमा विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सा...

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्यः दुईवटा विधेयक पारित

इकागज | असोज २३, २०८०

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ । अधिवेशनअन्तर्गत...

निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष स्वर्गीय गौचनको  छैठौ स्मृति  दिवस  मनाइयाे

इकागज | असोज २३, २०८०

कैलाली । नेपाल  निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष स्वर्गीय शरदकुमार गौचनको  छै...

इजरायलमा मृत्यु भएका ७ जनाका परिवारलाई सुदूरपश्चिम सरकारले दुई लाखका दरले दिने

इकागज | असोज २२, २०८०

कैलाली- इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरल...