सूचना-प्रवधि

वडाध्यक्ष शेर्पाको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

इकागज | माघ १५, २०८०

सल्लेरी (सोलुखुम्बु)- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् । 

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए । उनले भने, “जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो । साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ ।” 

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउँछन् । 

उनले भने, “इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत लाभान्वित हुन्छन् ।” 

इन्टरनेट सेवा निशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित  वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च रु १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै ब्यहोरेका हुन् ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा बालबालिकाका नग्न तस्बिर पठाउन प्रतिबन्ध लगाइने

इकागज | माघ १४, २०८०

काठमाडौँ - सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा रहेको कम्पनी मेटाले चाँडै नै बालबालिकालाई नग्न तस्बिरहरू...

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको १० वर्ष पूरा, पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान

इकागज | माघ १३, २०८०

काठमाडौँ- एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, ...

२०२४ मा जेनेरेटिभ एआईमा थप प्रगतिदेखि साइबर सुरक्षा र क्वान्टम कम्प्युटिङमा विकास हुने अनुमान

विवेक देवकोटा | पुस २४, २०८०

जेनेरेटिभ एआई नयाँ र मौलिक सामग्री, च्याट प्रतिक्रियाहरू, डिजाइनहरू, सिन्थेटिक डेटा वा डीपफेकहरू सिर्जन...

हावाबाट विद्युत् निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

इकागज | पुस १६, २०८०

काठमाडौँ- मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा जाप...

विश्‍वलाई चकित पार्ने 'च्याट जीपीटी' ले १५ सेकेन्डमा बनाएको कानुन

विवेक देवकोटा | पुस ७, २०८०

यदि कुनै दिन देशको नियम र कानुनहरू तयार गर्ने काम एआईलाई दिइयो भने के हुन्छ ? यद्यपि यो शक्ति एआईलाई ...

एप्पलद्वारा दुई सिरिजका 'स्मार्ट वाच' नबेच्‍ने घोषणा, बजारबाट हटायो

इकागज | पुस ३, २०८०

न्युयोर्क- यदि तपाईं एप्पलको पछिल्लो स्मार्टवाच श्रृंखला किन्ने योजनामा ​​हुनुहुन्छ भने एकछिन रोकिनुहोस् । ...