सूचना-प्रवधि

जापानमा रहेका मार्क जुकरवर्गले दक्षिण कोरिया र भारतको भ्रमण गर्दै

इकागज | फागुन १४, २०८०

काठमाडौँ- जापानमा रहेका मेटा प्लेटफर्म इन्का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरवर्गले दक्षिण कोरिया र भारतको पनि भ्रमण गर्ने भएका छन् ।

जापानमा कम्पनीको क्वेस्ट भर्चुअल-रियाली हेडसेट तथा यसको भाषाको मोडल एललामाको बारेमा छलफल गरिरहेका जुकरवर्गले बुधबार दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओललाई भेट्ने कार्यक्रम रहेको द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

जुकरवर्गले सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष जय लीसँग भेट्ने तथा एआईको बारेमा छलफल गर्ने तथा एलजी इलेक्ट्रोनिक्सका सिइओसँग रियालिटी हेडसेटका लागि सहकार्यबारे छलफल गर्ने बताइएको छ ।

दक्षिण कोरियाको भ्रमणपछि जुकरवर्गले भारतको गुजरातमा मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहअघिको समारोहमा सहभागी हुने बताइएको छ । मार्च १ देखि सुरु हुने तीन दिने विवाह कार्यक्रममा विभिन्न क्षेत्रका हस्तीहरूको सहभागिता रहने जनाइएको छ ।

इन्ट्यूटिभ मेसिन्स बन्यो चन्द्रमामा अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- अमेरिकी कम्पनी इन्ट्यूटिभ मेसिन्स चन्द्रमामा व्यावसायिक अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी बन्...

विदेशको कार्यालय ह्याक गर्न सक्ने क्षमता रहेको चिनियाँ टेक फर्मको दावी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- एक चिनियाँ साइबर सेक्युरिटी फर्मले बेलायतको विदेशी कार्यालयहरू ह्याक गर्न सक्ने क्षमता भएको दा...

भारतले विकास गर्‍यो ‘गुगल प्ले स्टोर’को बदलामा ‘इन्डस एप स्टोर’

इकागज | फागुन ११, २०८०

काठमाडौँ- यदि तपाईं एन्ड्रोइड उपकरण प्रयोग गर्नुहुन्छ भने तपाईंले आफ्नो उपकरणमा कुनै पनि एप डाउनलोड गर्न...

ब्याट्रीको चार्ज १०० घण्टासम्म टिक्ने स्मार्ट घडी ल्याउँदै वानप्लस

इकागज | फागुन ९, २०८०

काठमाडौँ- वानप्लसले बजारमा ल्यान लागेको नयाँ स्मार्ट घडीको ब्याट्रीको चार्ज एक सय घण्टासम्म टिक्ने भएको छ ।...