अपर तामाकोशीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

इकागज | पुस २९, २०८०

काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामीमा आवेदन दिने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको र आज यसमा आवेदन दिने अन्तिम दिन रहेकोले छुटेका वा उत्सुक हुने लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको थियो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । 

हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।
 

सेयर बजार घट्यो

इकागज | पुस २६, २०८०

काठमाडौं - सेयर बजार सामान्य अंकले घटेको  छ । बिहीबार ०.६२ अंकले घटेको सेयर बजार २०८८.९९ विन्द...

सेयर बजार बढ्यो

इकागज | पुस २४, २०८०

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक...

सेयर बजार बढ्यो

इकागज | पुस १८, २०८०

काठमाडौं - सेयर बजार करिब २८ अंकले बढेको छ । बुधबार २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा प...