रोकियो घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया

इकागज | असार ४, २०८०

काठमाडौँ- घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । 

नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । योसँगै आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । 

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । तर, सोमबार सूचना जारी गर्दै कम्पनीले आवेदन दिने म्याद थप गरेको जनाएको थियो ।