साताको सेयर बजार
मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता, बजारमा देखिएन उत्साह
काठमाडौँ – साताभरको कारोबारमा सेयर बजार परिसूचक ३६ अंकले घटेको छ । साताको अन्तिम कारोबारपश्चात सेयर बजार परिसूचक १९९३ अंकमा ओर्लिएको छ। गत साता १६७ अंक बढेर २०२८.७७ अंकमा उक्लिएको बजार यो साता ३६.१५ अंक घटेर १९९२.६२ अंकमा ओर्लिएको हो ।
साताभरमा नेप्से परिसूचक १.७८ प्रतिशतले घटेको छ। यससँगै, सेयर बजार पूँजीकरण २८ खर्ब ४१ अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । यस साता ६ कारोबारमध्ये ४ दिनको कारोबारमा बजार घटेको थियो भने दुई कारोबार दिनमा बढेको थियो। साताको अन्तिम कारोबारको दिन बजार परिसूचक ३४.७० अंकले घटेको थियो ।
कारोबार दिन |
परिसूचक |
कारोबार रकम |
आइतवार |
५७.६० |
२ अर्ब ४८ करोड |
सोमवार |
९.७५ |
४ अर्ब ३४ करोड |
मंगलवार |
४६.०८ |
२ अर्ब ९६ करोड |
बुधवार |
१३.३० |
२ अर्ब १७ करोड |
बिहीवार |
१६.६० |
१ अर्ब ८० करोड |
शुक्रवार |
३४.७० |
१ अर्ब १६ करोड |
जम्मा |
३६.१५ |
१४ अर्ब ९१ करोड |
नेप्से परिसूचक घटे पनि यो साता कारोबार रकम भने बढेको छ । गत साता ११ खर्ब ६४ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
यद्यपी, यो साता नेप्सेको बजार पूँजीकरण भने घटेको छ । नेप्से परिसूचक घटेको साता कारोबार रकम बढेपनि बजार पूँजीकरण भने घटेको हो । गत साताको तुलनामा ५० अर्ब ५३ करोड रुपैयाँले बजार पूँजीकरण घट्दै २८ खर्ब ४१ अर्ब ९८ करोड रुपैयाँमा आइपुगेको छ । गतसाता सेयर पुँजीकरण २८ खर्ब ९२ अर्ब ५१ रहेको थियो।
उप-समूह |
अघिल्लो-साता |
यो-साता |
परिवर्तन |
बैंकिङ |
१४४७.५ |
१,३४५.४६ |
१०२.०४ |
व्यापार |
१७०७.५९ |
२,०१८.३४ |
३१०.७५ |
होटेल तथा पर्यटन |
२७११.४८ |
२,५६८.७३ |
१४२.७५ |
विकास बैंक |
३६०६.७७ |
३,३८५.०४ |
२२१.७३ |
जलविद्युत |
२४२५.७६ |
२,२९८.८९ |
१२६.८७ |
फाइनान्स |
१५२५.७५ |
१,५३४.४७ |
८.७२ |
निर्जीवन बीमा |
८५३४.६७ |
८,१०७.६५ |
४२७.०२ |
म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ |
५००६.९३ |
५,०२७.६० |
२०.६७ |
अन्य |
१५३२.४२ |
१,४८४.४२ |
४८. |
माइक्रो फाइनान्स |
४२९७.९ |
४,३६०.३९ |
६२.४९ |
जीवन बीमा |
९८६१.९२ |
९,९०७.०९ |
४५.१७ |
म्युचुअल फण्ड |
१४.७८ |
१४.४१ |
०.३७ |
लगानी |
६७.६४ |
६४.८५ |
२.७९ |