समाज

सुदूरपश्चिमका बाढीपीडितको सहयोग र उद्धार गर्न आरजु देउवाको आग्रह

इकागज | असोज १, २०७९
काठमाडौँ- नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छिन् । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा देउवाले आज विज्ञप्ति प्रकाशन गरी सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी ...