विशेष रिपोर्ट

देशलाई विश्वास नगर्नेको संख्या बढ्दै, चार वर्षमा डेढ लाख नेपालीले नागरिकता त्यागेर गए विदेश

अतिन आचार्य | पुस २९, २०८०

काठमाडौँ- चार वर्षमा स्थायी रुपमा एक लाख ४७ हजार नेपालीले देश छाडेका छन् । सन् २०२० मा ५ हजार १४४ जना नेपालीले स्थायी बसोबासका लागि देश छाडेका थिए । सन् २०२१ मा एक  हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन् ।

अध्यागमन विभागका अनुसार चार वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन् । स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन् ।

वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालीहरू किन देश छाड्न आतुर छन् भनेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । राजनीतिक अस्थिरता, राम्रो जीवनशैली तथा बस्ने वातावरण, काम गर्ने वातावरण, सहज रुपमा काम पाउने, राम्रो तलब, स्थायी बसोबासको कार्ड पाउन सहज, परिवार-आफन्त विदेशमा, विदेशमा रहेका साथी र  चिनजानहरू कारण रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

आफ्नो मुलुक छोडेर कोही किन सधैंका लागि विदेश बस्न चाहन्छन् ? यो अहिले सार्वजनिक रुपमा बहसको विषय बन्न थालेको छ । किन मानिस आफू जन्मेको थातथलो त्यागेर परदेश जान चाहन्छन् ? यहाँ बस्न नदिन के कुराले प्रेरित गरिरहेको छ ? सरकार वा यहाँको राजनीतिक प्रणाली खराब छ ?

आर्थिक, सामाजिक र राजनीतिक रुपले राम्रो नभएको संकेत

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गाेविन्द पोखरेलले नागरिकको सुखी, खुसी र शान्ति जीवन बिताउने चाहनाले पनि मानिसहरू विदेश जाने क्रम बढिरहेको बताए । विदेश जानेले नेपालमा कुनै पनि समयमा स्वास्थ्य उपचार नपाउने , गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षा र रोजगारीको सम्भावना नदेखेकाले स्थायी रुपमा देश छाड्न थालेको उनको भनाइ छ ।

‘नेपालको अवस्था राम्रो छैन । आर्थिक, सामाजिक र राजनीतिक रुपले नेपाल राम्रो छैन भन्ने संकेत गरिरहेको छ,’ उनले भने,’ विभिन्न बाटो अपनाएर भए पनि मानिसहरूले देश छोड्ने खोजिरहेका छन् । युवा पुस्ताले नेपालमा उज्यालो आकाश देख्न छाडिसकेका छन् ।‘

युवाहरूमा अमेरिका, अष्ट्रेलिया र क्यानडा गएमा जीवन राम्रो हुन्छ र नेपाल बस्दा निश्चितता नभएको हुनसक्ने पोखरेलले बताए । राजनीतिले अवस्था र सुधार्ने पर्ने थियो तर भएका सबै संरचना र नीति बिगार्दै लगेको उनले दुःखेसो व्यक्त गरे । त्यसको प्रभाव देश छोड्नेमा प्रत्यक्ष रुपमा देखिइरहेको उनले बताए ।

राजनीतिले युवाको आकांक्षा पुरा गर्न नसकेको पोखरेलको ठहर छ । तुलनात्मक हिसाबले अन्य राष्ट्रको दाँजाेमा युवाप्रति आशा-भरोसा जोगाउन नसकेको उनले सुनाए । सामाजिक रुपमा उच्च, दक्ष र सिर्जनशील मानिसहरूलाई नेपालमा राख्न नसकिएको उनले धारणा व्यक्त गरे ।

‘प्रतिष्पर्धा गर्न सक्ने युवा तथा दक्ष जनशक्ति अर्को देशमा अवसर खोज्दै गइरहेका छन्,’ पोखरेलले अगाडि थपे,’ आफ्नो ज्ञान र क्षमतालाई प्रस्फुटन गरी आफ्नो जीवनलाई सबल बनाउन खोज्नेहरूले देश छोडेका छन् ।  प्रगति गर्न सक्छु भन्ने मानिसहरूले देश छोडेका छन् ।‘

दक्ष जनशक्तिले देश छोड्दा नेपालमा भएका स्रोत-साधनहरू प्रयोगमा नआउने उनले बताए । राज्य र राजनीतिक दलले गरेका गलत कामको विरोध गरिदिने मानिसहरूसमेत नहुने उनले बताए ।

‘दल र सरकारको वेथितिविरुद्ध आवाज बुलन्द गर्न सडकमा युवाहरू देखिँदैन,’ उनी भन्छन्,’ दलमा झन मनमौजीको भावना फैलिएर जान्छ । विदेश गएका मानिसहरू प्रति उनीहरूलाई सोच्न कुनै फुर्सद छैन ।‘

सरकारलाई सडकबाट खबरदारी गर्नेहरू मलेसिया र गल्फ राष्ट्र गइरहेको पोखरेलले बताए । कुसंस्कार राजनीतिबाट हुर्कन नचाहने युवाशक्तिलाई झनै राम्रो भएको उनको भनाइ छ ।

विदेशमा पलायन भएका नेपालीको संख्या बढ्दा नेपालीको डायस्पोरा संख्या बढ्ने पोखरेलले बताए । विश्व राजनीतिमा नेपालीको प्रत्यक्ष सहभागिता बढाइ राष्ट्रको लागि नीति निर्माण तथा आर्थिक क्षेत्रमा प्रगति गर्न सहज हुने उनको भनाइ छ ।

देशमा सुरक्षित महसुस गर्न सकेनन्

राज्यले आम नागरिकलाई नेपालमा बसेर समृद्ध जीवन बिताउन सकिने कुरामा विश्वास दिलाउन नसक्दा देश छोड्नेको संख्या बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की बताउँछन् ।

राज्यले नागरिकलाई सुरक्षित र वृत्ति विकासमा सहयोग पुर्याउन सकिन्छ भन्ने कुरामा आश्वस्त बनाउन नसक्दा स्थायी रुपमा देश छोड्नेको संख्या बढेको हुन सक्ने उनले बताए ।

‘क्षमतावान नागरिकहरू समृद्ध जीवन खोज्दै, उज्वल भविष्य र अवसरको खोजीमा विदेश गएका छन्,’कार्कीले भने,’ स्थायी रुपमा विदेश जानुले नेपालमा मानिसहरू सुरक्षित छैनन् र सामाजिक संरचना अप्ठ्यारो अवस्थामा रहेको बुझ्न सकिन्छ ।‘

मानिसलाई नेपालमा केही हुन्छ भनेर बसाउन सक्नु ठूलो चुनौती रहेको कार्कीले बताए । कानुनी दण्डहीनताले प्रश्रय पाएकाले मानिसमा निराशा छाएको बुझ्न सकिने उनको भनाइ ।

कानुनको नजरमा ठूला मानिसहरू जोगिने र साना मानिसहरू बन्धनमा पर्ने अवस्थाले नैराश्यता छाएको मान्न सकिने उनले बताए । कानुन राज्यमा कानुनले असुरक्षित बनाउँदै लगेको उनको भनाइ छ ।

‘सरकारी कामकाज एकदमै सुस्त छ । चिनजान नभएमा सरकारी कार्यालयमा काम हुन गाह्रो छ,’ उनी नेपालको बेथिति औल्याउँदै भन्छन्,’ स्वास्थ्य र शिक्षा राम्रो छैन । आधारभूत कुराहरू मात्र राम्रो भएमा आशा जगाउन सकिन्थ्यो ।‘

कानुनी राजको पालना गराउन सकेमा नागरिकमा आशा जगाउन सकिने उनले धारणा व्यक्त गरे । मुलुक भ्रष्टाचारले व्याप्त रहेकाले पनि नागरिकमा निराशा र मुलुकमा केही हुँदैन भन्ने धारणा विकास भएको उनले बताए । भ्रष्टाचार न्यूनीकरण गर्न सकेमा नागरिकले स्वदेशप्रति आशा जोगाउन सक्ने उनले बताए ।

राजनीतिक दल र सरकार निकम्मा बन्दै

नेकपा एमालेका नेता अरुण नेपाल नेपालीले आफ्नो भविष्यप्रति विश्वास गर्न छाडेकाले देश छाड्नेको संख्या बढेको बताउँछन् । यो देशमा केही हुन सक्ला र यहाँ के छ र ? भन्ने धारणा हरेक नेपालीले बोक्न थालेकाले स्थायी रुपमा देश छोड्नेको संख्या बढेको उनले बताए ।

आर्थिक रुपमा प्रगति गर्न नसक्नु र मुलुकमा बेरोजगारीको संख्या बढिरहेको छ,’ उनले भने,’ भविष्यप्रतिको आशावाद कमजोर हुँदै गएको छ । हाम्रो भूमि र जल तथा जमिनलाई प्रयोग गर्नुपर्छ भन्ने देशभक्तिको भावना कमजोर हुँदै गएको मान्न सकिन्छ ।‘

स्वदेशमा लगानी गर्न सक्ने र क्षमता भएका मानिसहरूले समेत देश छोडेर गएको नेपालले बताए । समाज र संस्कृतिप्रति नेपालीको लगाव घट्दा विदेश पलायन हुनेको संख्या बढेको उनको भनाइ छ ।

राजनीतिक दल र सरकारले आफ्नो जिम्मेवार नठान्दा वर्षेनी मुलुक छोड्नेको संख्या बढेको नेपालको भनाइ छ । ‘नागरिकलाई आशावादी बनाउने काम सरकारको हुन्छ तर, सरकारले आशावादी भन्दा पनि बढी निराशावादी बनाएको छ,’ उनी भन्छन,’ यसमा सबैभन्दा बढी जिम्मेवार सरकार र राजनीतिक दल हुनुपर्छ ।‘

किन भोटका लागि फालिँदैछ विमानस्थल तुरुप ? बन्द छन् साढे १० अर्बमा बनेका २१ विमानस्थल

अतिन आचार्य | मंसिर २५, २०८०

काठमाडौँ- गत बिहीबार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित नेपाल नागरिक उड्डयन प्राध...

अघिल्लाे वर्षभन्दा घातक बन्दै डेंगी, देशैभर प्रकाेप

काठमाडौँ– सामान्य स्वास्थ्य अवस्थामा रहेका उनलाई असारको पहिलो साता एक्कासि ज्वरो आयो । उनले ज्वरोला...

लम्पी स्किन : संकटतिर पशुपालन, कुल बजेटको ७.२ प्रतिशत क्षति हुनसक्ने

काठमाडौँ– पशु चौपायामा लाग्ने लम्पी स्किन रोग अहिले देशभर महामारीका रुपमा फैलिँदो छ । ७१ जिल्ला...

सुख्खायाममा भारतलाई सित्तैमा पानी उपलब्ध गराउने एडीबीको खेल

विकास थापा | असार १८, २०८०

काठमाडौँ- सुख्खायाममा अमृतसमानको नियन्त्रित पानी भारतलाई सित्तैमा उपलब्ध गराउने खेलमा एसियाली विकास बै...

व्यवसायी राई हत्या प्रकरण ३ : शंकरले भनेका ती पाँचजना काे हुन् ? (अडियाे/भिडियाे)

पुष्प श्रेष्ठ | असार १०, २०८०

वैदेशिक रोजगार व्यवसायी रिन्जी राई हत्या प्रकरणमा हामीले निरन्तर फलोअप गरिरहेका छौं ।  पहिलो भागम...

व्यवसायी राई हत्या प्रकरण २ : मृत्युअघि उनलाई यसरी दिइएको थियो दबाब (अडियाे/भिडियाे)

पुष्प श्रेष्ठ | असार ६, २०८०

काठमाडौं– ‘मलेसियामा कसले ग¥यो वैदेशिक रोजगार व्यवसायी रिन्जी राईको हत्या’...

कसले गर्‍याे रोजगार व्यवसायी राईको हत्या मलेसियामा ? (अडियो/भिडियोसहित)

पुष्प श्रेष्ठ | असार ४, २०८०

वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको मृत्यु नेपाल सरकारका लागि सामान्य घटना नै भइसकेको छ । रेमिट्...