बाबुराम र रवीन्द्रले वैकल्पिक धार बिगार्दा रवि उदाए

डम्बर खतिवडा | मंसिर ५, २०७९

नेपालमा नयाँ लोकतान्त्रिक दलको आवश्यकता पहिलेदेखि नै थियो । डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी गठन गर्दा वैकल्पिक शक्तिको पक्षमा ठूलो माहोल थियो । ठूलो जनमतले उहाँलाई साथ दिन खोजेको थियो । तर, उहाँ आफैँले त्यो माहोल बिगार्नुभयो । कहिले वाम गठबन्धनमा त कहिले अर्को गठबन्धनमा गएर त्यो उत्साह मारिदिनुभयो । 

विवेकशील छुट्टै रुपमा आन्दोलित थियो । पछि यी पार्टीबीच एकीकरण हुँदा पनि राम्रो माहोल बनेको थियो । त्यसलाई पनि रवीन्द्र मिश्रले पार्टीमा राप्रपा राजावादी सिद्धान्त छिराएर विगारे । त्यसपछि विकल्प खेज्ने मतदाता कहाँ जाने भन्ने अन्योल भएका बेला रवि लामिछानेको पार्टी खुल्यो । त्यो उनलाई एउटा अवसर जस्तो भयो । सबै ठूला पार्टीहरूको विकल्प खोजेकाहरूले रविकै पार्टीमा मत हाले । 

दलहरूको गठबन्धनको कारण पनि रविको पार्टीलाई फाइदा पुग्यो । कांग्रेसका कार्यकर्ताले माओवादीलाई लगभग भोट हाल्दैनन् । त्यसैले जहाँ–जहाँ माओवादीले टिकट पाएर कांग्रेसले सहयोग गर्ने माहोल थियो, त्यहाँका मतदाताले मत दिएनन् । उनीहरूले पनि घण्टीलाई मत दिएको हुन सक्छ । त्यस्तै पुराना दलप्रति नयाँ मतदातामा कुनै आशा देखिँदैन । उनीहरूले पनि नयाँ दल भनेर स्वतन्त्र पार्टीलाई मत दिए । यो एक हिसाबले राम्रो पनि हो । प्रारम्भिक नतिजाका आधारमा भन्दा रविको पार्टी तेस्रो बन्ने सम्भावना छ । 

यो नतिजालाई उनले धान्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि छ । उनको राजनीतिक अनुभव कति हो ? भोलि त्यो पार्टीमा कस्तो समस्या देखा पर्न सक्छ ? उनले राष्ट्रिय नीतिहरूमा कस्ता अजेन्डा उठाउँछन् ? त्यसमा भर पर्छ । यदि उनले राम्रो गर्न सके भने दिगो राजनीतिक विकल्पका रूपमा पनि अगाडि आउन सक्छन् । सकेनन् भने उनी बाबुराम भट्टराई र रविन्द्र मिश्र, केशव दाहाल, रञ्जु दर्शनाहरूकै अवस्थामा पुग्न पनि सक्छन् । 

रविको भविष्य उनको राजनीतिक भूमिका र कामले देखाउँछ । अहिले छोटो सममै उनले ऐतिहासिक अवसर भने पाएका हुन् । उनलाई अहिले जनताले वर्तमान व्यवस्थामा उनी इमानदार छन भन्ने बुझेर मत दिएका छन् । तर भोलि उनको दल दक्षिणपन्थी हो वा राप्रपा जस्तो रहेछ भन्ने थाहा पाए भने फेरि मत पाउँदैनन् । अहिले उनको वास्तविकता देखिएको छैन । व्यवस्थाप्रति उनको नीति छर्लङ्ग भइसकेको छैन । उनले प्रदेशमा उम्मेदवार उठाएका छैनन् । उनको वास्तविकता भोलि देखिँदै जान्छ । उनले पाएको अवसर सदुपयोग गरे एउटा वैकल्पिक शक्तिका रुपमा काम गर्न सक्छन् । 

(नयाँ शक्ति पार्टीमा सक्रिय हुँदै नेपाल समाजवादी पार्टीसम्म दलमा रहेर वैकल्पिक राजनीतिको वकालत गरिरहेका खतिवडासँग उपेन्द्र अर्यालको कुराकानी ।)
 

मनलाई अत्यन्त चञ्चल हुनबाट रोक्न अर्थात् यसलाई सधैं संयमित वा ठेगानमा राख्न सकिँदैन त?

विनाेद अधिकारी | मंसिर ३, २०७९

छयासी वर्षको उमेरमा आफ्नी जीवनसंगिनीको स्वर्गारोहण भएपछि एकजना वृद्ध भावविह्वल थिए। उनका ६ भाइ छोरा, ...

पैसा त कति कति !

वसन्त लोहनी | मंसिर ३, २०७९

जुद्ध शमशेरको आखिरी कालदेखि पद्म शमशेरको शासन कालखण्ड निर्णायक रह्यो वेदप्रसादको लागि । वि.सं. २००२ साल...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’

बसन्त महर्जन | मंसिर २, २०७९

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने न...

यो २५ वर्षमा मूल्य अभिवृद्धि करको राजस्व योगदान

डा. रूप खड्का | कात्तिक ३०, २०७९

बीसौं शताब्दीमा वित्तशास्त्रमा गरिएका विभिन्न प्रयोगहरूमा मूल्य अभिवृद्धि कर सबभन्दा ठूलो प्रयोग हो । सर्वप्र...

देउवाले भावी प्रधानमन्त्रीमा गगन थापा घोषणा गर्नुपर्छ

विनोद सिजापती | कात्तिक ३०, २०७९

दलका केही शीर्षस्थ नेताहरूको असुरक्षित मनोविज्ञानकै कारणले गर्दा निर्वाचनपूर्व दुई ठूला दल नेपाली कांग्रे...

कुनै न कुनै पूर्वप्रधानमन्त्री नै प्रधानमन्त्री हुने कुरा म बदल्न चाहन्छु

गगन थापा | कात्तिक २९, २०७९

यो संसदीय पद्धतिमा राजनीतिक दलहरूबाट निर्वाचित भएर सांसदहरू आउँछन् । अहिले शीर्ष नेताहरू निर्वाचित भएर...