पर्यटन

शुक्रबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय पर्यटन मेला

इकागज | जेठ ३०, २०८१

काठमाडौँ- अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवर्द्धन गर्न आगामी शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ । 

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा  हुन लागेको मेलामा १६ देशका १५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सञ्चालक विष्णु पाण्डेले बताए । 

'मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ' उनले भने ।

मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलंका, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन् ।

यसैगरी मेलामा सात वटै प्रदेशका स्टल पनि राखिने छ । स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहयोग गरेका सञ्चालक पाण्डेले बताए ।

रिङरोड बाहिरका काठे बस्तीहरूमा होमस्टे सञ्‍चालन गर्नु उपयुक्त : पर्यटनमन्त्री तामाङ

इकागज | जेठ २१, २०८१

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौँ उपत्यका नजिक रिङरोड बाहि...

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट श्री एयरलाइन्सको विमान फर्काइयो

इकागज | जेठ २०, २०८१

काठमाडौँ - काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्क...