सप्ताहन्त

केटो अस्ट्रेलियाको पिआरवाला

स्वस्तिका पौडेल | फागुन ६, २०७९

सन्दर्भ केहीअघिको मात्र हो । उमेर पुग्दै गएपछि विवाहको प्रस्ताव हरेक छोरी–चेलीलाई आउँछ र आउनु स्वाभाविक पनि हो । हजुरको घरमा राम्रो फूल फुलेको रैछ, भमरा बनेर आयाँै के छ विचार भनेर धेरैले मेरी आमालाई पनि सोध्ने गर्छन्  ।

आमा भन्छिन्- अझैसम्म पनि मेरी छोरी सानै छे जस्तो लाग्छ । बाबाको साइकलमा चढेर कसैले कहाँ जाने नानी भन्दा लामपातेको फेदमा भनेको आज भोलि नै हो जस्तो लाग्छ, चिया बगानमा खेलेको हिजो जस्तो लाग्छ ।

तर छिमेकी आन्टी भन्छिन्- अस्ट्रेलियाको पिआरवाला आए अझ राम्रोसँग बुझाउँला, उमेर पुगेका छोरी चेलीको बेलैमा बिहे गरेर पठाएसि गरिखान्छन् राम्रो केटा छ भने अस्ट्रेलियाको पिआर छ भने आँखा चिम्म गरेर बिहे गरिदिए हुन्छ ।

मैले नबुझेको कुरा, आजभोलि समाजमा केटाको कुल, खानदान, बानी बेहोरा, मान, सम्मान इज्जत र प्रतिष्ठा भन्दा पनि अस्ट्रेलियाको पिआर भएपछि विवाह गर्ने योग्य वर ठान्दा रहेछन् । आजसम्म पनि यो समाजमा विदेशी पिआरवालाको लागि छोरी कन्यादान दिएर पठाउँछन्, तर पिआर सँगसँगै त्यो छोरीको सपना, खुसी र इच्छाबारे सोच्ने फुर्सद कसैलाई छैन ।

घरको दाइ चालिस पुग्न लाग्दा पनि दाइको विवाह गर्ने हतार हुँदैन, तर सपना पूरा गर्छु भनेर पढ्दै गरेको छोरीको कन्यादान दिन सारै छिटो हतार पर्छ मेरो समाजलाई ।

कतिसम्म पनि देखियो भने एउटै देश, भेष, परम्परा, रीतिरिवाज सबै मिलेको पूर्वको केटीलाई एउटै ठाउँको पश्चिमको केटा हात माग्न विवाहका लागि आँउदा रीत पुर्याउन सकिँदैन भन्ने चलन देख्दा सुन्दा बडो आश्चर्य लाग्छ तर अस्ट्रेलियाको पिआर भए सबै रीतिरिवाज पुग्ने रहेछ, विवाहका लागि हाम्रो समाजमा योग्य मानिने रहेछ ।

घरको दाइ चालिस पुग्न लाग्दा पनि दाइको विवाह गर्ने हतार हुँदैन, तर सपना पूरा गर्छु भनेर पढ्दै गरेको छोरीको कन्यादान दिन सारै छिटो हतार पर्छ मेरो समाजलाई ।  हामी छोरीलाई विवाहको प्राथमिकतामा मात्र समाजमा सीमित नराखौँ ।

विवाह एउटा पवित्र बन्धनमा बाँधिनु मात्र होइन, दुई परिवारबीचको सम्बन्ध, रीतिरिवाज, परम्परा, कुल, संस्कृति साथसाथै समाज लगायत सबैको जिम्मेवारी लिएर एक साथ अगाडि बढ्नु हो । विवाह भनेको आजको भोलि निर्णय लिएर गर्ने कुरा होइन जस्तो लाग्छ । के उमेर पुग्दै आएका छोरी चेलीले सधैँ परिवार र आफ्नाको मन राख्न भए पनि विवाह गर्नैपर्ने हो र ? के विवाह मात्र छोरी चेलीको विकल्प हो र ? विवाह खुसीको कुरा हो नयाँ जीवनको सुरुवात हो । यसलाई बाध्यताको बन्धनमा परिवर्तन नगराऔँ ।

स्वतिकाको यसअघिको लेख

हल

विमल आचार्य | पुस २३, २०७९

२०७९ पुस २०, बुधबार । बिहान ९ बजे एक जोडी घरबाहिर निस्किन्छन् । सानो छोरोलाई स्कुटरको बीचमा राख्छन् । स्...

अलिकति टाढा

चे शंकर | पुस १६, २०७९

प्रायः आफूलाई प्रश्न गर्ने गर्छु, मलाई किन टाढा जान मन लागेको होला ? त्यसमाथि पनि आफूलाई भुलेर । हिमाली...

चोभार गन्थन

विमल सिटौला | पुस ३, २०७९

साँझ हुनुभन्दा केही घण्टा अगाडिको समय । दिन उतरार्धतिर ढल्किएको थियो । आन्तरिक पर्यटकको चहलपह...