विश्व

जेरुसेलमस्थित अलजजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ ।

इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अलजजिरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।

आइतबार इजरायली सरकारको मन्त्रिपरिषद्ले अलजजिरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

अलजजिरा टिभी नेटवर्कले इजरायली सरकारको 'राष्ट्रिय सुरक्षा' खतराको दाबीलाई 'झूटो' भनेको छ । अलजजिरा टिभी नेटवर्कको टोलीले पनि कानुनी जवाफको तयारी गरिरहेको छ । इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् ।

इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ ।

विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारको प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन इजरायली सरकारलाई अपील गरेको छ ।

'स्पेशवाक' का लागि स्पेशएक्सले ल्यायो 'एक्स्ट्राभेहिकुलर एक्टिभिटी'

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- स्पेशएक्सले एक्स्ट्राभेहिकुलर एक्टिभिटी (इभीए) सार्वजनिक गरेको छ । आगामी मिसन 'पोलारिस ...

इजरायली प्रहरीले अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मार्‍यो

इकागज | बैशाख २४, २०८१

काठमाडौँ - इजरायली प्रहरीले जेरुसेलमको एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा...

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको छ । युरोपेली संघको संसद्‌ले हाव...

सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

इकागज | बैशाख २४, २०८१

नयाँदिल्ली- भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन तस्कर...

ओपनएआईका सिईओ साम भन्छन्- 'च्याटजीपीटी-४ सबैभन्दा बेवकूफ मोडेल हो'

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- ओपन एआईका प्रमुख कार्यकारी अधिकृत (सिईओ) साम अल्टम्यानले च्याटजीपीटी-४ सबैभन्दा बेवकूफ मोडेल ...

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको गोली लागेर मृत्यु

इकागज | बैशाख २३, २०८१

काठमाडौँ - अष्ट्रेलियाको पर्थमा चक्कुले आक्रमण गर्ने एक नाबालिगको प्रहरीको गोली लागेर मृत्यु भएको छ ...