विश्व

ताइवानमा गएराति ८० बढी भूकम्पको धक्का

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- ताइवानमा फेरि भूकम्प गएको छ । गएराति ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो । 

भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो । 

यसअघि अप्रिल ३ मा ताइवानमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो ।

ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । ताइवान टेक्टोनिक प्लेटहरूको संगममा अवस्थित छ । ताइवान दुई टेक्टोनिक प्लेटको संगममा अवस्थित एउटा देश हो, जसलाई भूकम्पका लागि संवेदनशील मानिन्छ ।

सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

एआई प्रविधियुक्त क्यामेराले फोटोलाई कवितामा परिवर्तन गर्न सक्छ

इकागज | बैशाख १०, २०८१

काठमाडौँ- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले हाम्रो वरपरको सबै चीजहरूलाई पूर्ण रूपमा वा आंशिक रूपमा असर...

इजरायली युद्ध क्याबिनेटद्वारा गाजाका बन्दीहरूलाई मुक्त गर्नेबारे छलफल

इकागज | बैशाख १०, २०८१

जेरुसेलम - इजरायली युद्ध क्याबिनेटको गाजामा रहेका बाँकी बन्धकहरूको रिहाइको प्रयासबारे छलफल गर्न आ...

निर्वाचनको पहिलो दिन हिंसा भएपछि उत्तरपूर्वी भारतका केही मतदाता मतदानमा फर्किए

इकागज | बैशाख १०, २०८१

गुवाहाटी (भारत)- गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थ...

निर्वाचनको पहिलो दिन हिंसा भएपछि उत्तरपूर्वी भारतका केही मतदाता मतदानमा फर्किए

इकागज | बैशाख १०, २०८१

गुवाहाटी - गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि उत्तरपूर्वी भारतीय राज्यमा केही मतदान स्थलमा मत...