विश्व

मालदिभ्सका राष्ट्रपति मुइज्जुको पार्टीलाई संसदमा बहुमत

इकागज | बैशाख १०, २०८१

काठमाडौँ - माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई लाख मानिसले मतपत्र मार्फत आफ्नो मताधिकार प्रयोग गरेको जनाएको छ ।

निर्वाचन आयोगले ९३ सिटमा ७२.९६ प्रतिशत मतदान भएको दाबी गरेको छ । मतदान गर्नेमध्ये १ लाख ४ हजार ८२६ पुरुष र १ लाख २ हजार ८६७ महिला थिए । ९३ सिटका लागि १३० स्वतन्त्रसहित ३६८ जना उम्मेदवार मैदानमा थिए ।

गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराएर मुइज्जु राष्ट्रपति बनेका थिए । तर, अहिलेसम्म संसदमा मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।

इरानमा इजरायल आक्रमणको स्याटेलाइट तस्बिर सार्वजनिक, एयर बेसमा नोक्सान भएको दाबी

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- इजरायलले इरानमाथि गरेको आक्रमणको स्याटेलाइट तस्बिरहरू सार्वजनिक भएका छन् । जसमा इरानको एयर ब...

टिकटकमाथि प्रतिबन्ध वा जबरजस्ती बिक्री गर्न लगाउने संशोधित विधेयक पारित

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- यूएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले सामाजिक सञ्जाल प्लेटफर्म एप टिकटकलाई बेच्न वा अमेरिकामा प्रतिब...

२८ कर्मचारी बर्खास्त गरेपछि गुगल प्रमुखले भने - कार्यालयमा राजनीति नगर्नुस्

इकागज | बैशाख ९, २०८१

काठमाडौँ - टेक कम्पनी गुगलका सीईओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरूलाई राजनीतिलाई कार्यस्थलबाट टाढा...