इजरायली बन्धकको नयाँ भिडियो सार्वजनिक
काठमाडौँ - प्यालेष्टिनी इस्लामिक समूह (हमास) को सहयोगी प्यालेस्टिनी इस्लामिक जिहाद लडाकू समूहले बुधबार एक इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको छ ।
गत अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायली बन्धक भन्दै भिडियोमा आफ्नो रिहाईमा ढिलो नगर्न सार्वजनिक अपिल गरेका छन् ।
भिडियोमा आफूलाई साशा ट्रुपानोभ बताउने ती बन्धकले लेबनानमा इजरायली सैन्य अभियानको बारेमा कुरा गरेका थिए भने इजरायलीहरूलाई बन्धकहरूको रिहाईका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका थिए।
यसैबीच, भिडियो सार्वजनिक भएसँगै गाजामा बन्धक बनाइएका व्यक्तिका परिवारका सदस्य तथा आफन्तहरूले बन्धक रिहाईमा ढिला नगर्न सरकारसँग आग्रह गरेका छन् ।
इजरायलमा गत बर्षको अक्टुबर ७ मा भएको आक्रमण कम्तीमा एक हजार २०६ जनाको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाइएको थियो ।
हमास समूहको नेतृत्वमा भएको आक्रमणको बदलामा इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । आक्रमणमा मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र त्यसमा पछि महिला तथा बालबालिकाको सङ्ख्या अत्यधिक रहेको छ ।