विश्व

जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा

इकागज | कात्तिक ९, २०८१

जर्मनीका चान्सलर ओलाफ शोल्ज भारत भ्रमणमा आएका छन् ।

भारत भ्रमणको क्रममा भारतीयहरूको लागि भिसा कोटाको बारेमा जर्मनीका चान्सलर शोल्जले विशेष घोषणा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसै अवसरमा जर्मनीले प्रत्येक वर्ष भारतीयहरूको भिसा कोटा बढाउने निर्णय गरेको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले १८औं एशिया-प्रशान्त सम्मेलन (जर्मन व्यवसाय) लाई सम्बोधन गर्दै जर्मनीले भारतको दक्ष जनशक्तिमा ठूलो विश्वास देखाएको बताएका छन् ।

प्रधानमन्त्रीले जर्मनीले दक्ष भारतीयका लागि हरेक वर्ष भिसाको संख्या २० हजारबाट बढाएर ९० हजार पुर्याएको बताए ।

उनले भने, ‘भारत र जर्मनीबीचको पारस्परिक व्यापार पनि ३० अर्ब डलरभन्दा बढी पुगेको छ । एसिया-प्रशान्त सम्मेलनले युरोपेली संघ र एसिया-प्रशान्त क्षेत्रबीचको सम्बन्धलाई बलियो बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।'

जर्मनीका चान्सलर शोल्ज भारतमा आयोजना हुने १८औँ एशिया–प्रशान्त सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्लीमा उपस्थित भएका छन् ।

भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग

इकागज | कात्तिक ९, २०८१

काठमाडौँ- भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिदै संलग्न व्यक्तिहरूको पहि...

बङ्गलादेशद्वारा पूर्वप्रधानमन्त्री शेख हसिना पार्टीको विद्यार्थी सङ्गठन प्रतिबन्धित

इकागज | कात्तिक ८, २०८१

काठमाडौँ - जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिना...

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख सफीद्दीनको मृत्यु भएको पुष्टि

इकागज | कात्तिक ८, २०८१

काठमाडौँ- हिजबुल्लाहले आफ्नो समूहको कार्यकारी परिषद्का प्रमुख हासेम सफीद्दीनको मृत्यु भएको पुष्टि गरेको छ...