विश्व

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

इकागज | कात्तिक ४, २०८१

काठमाडौँ - लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । 

उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ । 

इजरायली सेनाले उक्त आक्रमणमा हेजबुल्लाहका प्रमुख व्यक्तित्वहरु एहाग अब्बास सलामेह, रचा अब्बास इचा र अहमद अली हसिनको मृत्यु भएको जनाएको छ ।

लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कारबाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

यसैबीच इजरायलले हिजबुल्लाहले इजरायली नागरिकमाथि आतङ्क मच्चाइरहेको र आईडीएफले ३७८ दिनसम्म निरन्तर आक्रमण गरिरहेको जनाएको छ ।
---

भारतको राजस्थानमा बस र अटो ठोक्किँदा आठ बालबालिकासहित १२ जनाको मृत्यु

इकागज | कात्तिक ४, २०८१

 भारतको राजस्थानको ढोलपुरस्थित राष्ट्रिय राजमार्ग ११–बी मा शनिबार राति भएको सवारी दुर्घटनामा...

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह

इकागज | कात्तिक ३, २०८१

काठमाडौँ - अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्...

नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

इकागज | कात्तिक ३, २०८१

काठमाडौँ - लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासला...

खार्किभ शहरबाट अन्यत्र जान युक्रेनका सर्वसाधारणलाई आग्रह

इकागज | कात्तिक ३, २०८१

युक्रेन- युक्रेनले उत्तरपूर्वी शहर खार्किभबाट हजारौं मानिसहरूलाई निस्कासन गर्ने शुक्रबार जनाएको छ ।सन् २०२...