विश्व

भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

इकागज | कात्तिक १, २०८१

काठमाडौँ - भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चाप्राका प्रहरी अधिकारी कुमार आशिषले घटनाको थप अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको बताएका छन् । उनका अनुसार घटनासँग जोडिएका तीन जनालाई पक्राउ गरिएको छ भने आठ जनाविरुद्ध जायरी दर्ता गरिएको छ । ​

मृतकमध्ये एक जनाका आफन्तले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि उहाँका आफन्तको स्वास्थ्य बिग्रिएको बताएका छन् । 

विरामीले अक्टोबर १५ मा विषाक्त मदिरा पिएपछि बुधबार साँझ उनीहरूको स्वास्थ्यमा समस्या आएको र अस्पताल ल्याइएको अर्का एक विरामीका आफन्तले बताए । 

 

इजरायलको आक्रमणपछि लेबनानमा ४ लाख बालबालिकासहित १२ लाख घरविहीन

इकागज | कात्तिक १, २०८१

काठमाडौँ- इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमण शुरु गरेपछि ४ लाख बालबालिकासहित १२ लाख मानिसल...

नाइजेरियामा पल्टिएको ट्यांकरबाट पेट्रोल लुट्न गएका १०५ जनाको मृत्यु

इकागज | असोज ३०, २०८१

काठमाडौँ - नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्यांकर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको ...