विश्व

झारखण्डका मुख्यमन्त्री बेपत्ता भएको पोष्टर जारी, पत्ता लगाउनेलाई ११ हजार पुरस्कार

इकागज | माघ १६, २०८०

काठमाडौँ - भारत झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन मनी लान्ड्रिंग मुद्दामा सोधपुछका लागि प्रवर्तन निदेशालय (ईडी) समक्ष उपस्थित नभएपछि राज्यमा हलचल मच्चिएको छ।

सोमबार उनको पार्टी झारखण्ड मुक्ति मोर्चाले मुख्यमन्त्री व्यक्तिगत कामको लागि दिल्लीमा भएको बताएको थियो । तर जब ईडी टोली उनको दिल्लीस्थित निवासमा पुग्यो, हेमन्त सोरेन पनि त्यहाँ फेला परेनन्।

बीजेपीले झारखण्डका मुख्यमन्त्री बेपत्ता भएको भन्दै मंगलबार सीएमको ‘बेपत्ता’ को पोस्टर जारी गरेको छ ।

जसमा बीजेपीले हेमन्त सोरेनको कदको विवरण दिँदै जानकारी दिनेलाई ११ हजार रुपैयाँ पुरस्कार दिइने बताएको छ ।

झारखण्ड बीजेपी अध्यक्ष बाबूलाल मरांडीले भने,  'उनी (हेमन्त सोरेन) यस राज्यका मुख्यमन्त्री हुन् र मानिसहरूले उहाँ हिजो रातीदेखि हराएको भनिरहेका छन्। राज्यको गुप्तचर निकाय र प्रहरीलाई पनि उनी कहाँ छन् भन्ने थाहा छैन भने यो निकै गम्भीर विषय हो ।'

यसैबीच राज्यपाल सीपी राधाकृष्णनले डीजीपी र गृह सचिवलाई राजभवनमा बोलाएका छन्।

साथै, झारखण्डमा मुख्यमन्त्रीको निवास, राजभवन र ईडी कार्यालयको १०० मिटर भित्र धारा १४४ लगाइएको छ।

इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्ड फैसला सुनायो

इकागज | माघ १५, २०८०

काठमाडौँ - इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा सोमबार बिहान चार जनालाई मृत्युदण्डको सजाय सुनाए...

आचरण उल्लंघनका १ लाख घटनाको चिनियाँ कम्युनिस्ट पार्टीद्वारा अनुसन्धान

इकागज | माघ १५, २०८०

बेइजिङ- चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयक...

विश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

इकागज | माघ १४, २०८०

न्युर्योक - आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौँ। अमेरिकाको न्युयोर्क शहर...

तेल ट्यांकरर आक्रमण गरेको भोलिपल्ट अमेरिकी सेनाले हुथी एन्टिसिप मिसाइल नष्ट गरिदियो

इकागज | माघ १४, २०८०

न्युयोर्क - इरान समर्थित हुथी बिद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथि आक्रमण गरेको छ ।...

यौन उत्पीडनको आरोप लागेपछि डब्लुडब्लूईका संस्थापकले दिए राजीनामा

इकागज | माघ १३, २०८०

न्युयोर्क- डब्लुडब्लूईका संस्थापक भिन्स म्याकमोहनले यौन उत्पीडनको आरोप लागेपछि राजीनामा दिएका छन् ।​ ...