विश्व

भारतमा किन गर्भवतीहरूले २२ जनवरीमै बच्चा जन्माउन चाहिरहेका छन् ?

इकागज | माघ ६, २०८०

नयाँदिल्ली- आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको मूर्तिलाई अभिषेक गरिदैँछ, मुख्यतः संसारभरका हिन्दु धर्मालम्बीहरू लामो समयदेखि यो दिनको प्रतिक्षामा रहेका छन् ।  

यस्तो अवस्थामा यससँग सम्बन्धित एउटा समाचार आइरहेको छ कि भारतमा गर्भवती महिलाहरू यो दिन आफ्नो बच्चालाई जन्म दिन चाहन्छन् र यसका लागि उनीहरूले डाक्टरलाई विशेष अनुरोध पनि गरिरहेका छन् ।

देशका विभिन्न राज्यका डाक्टरहरूले भनेका छन् कि हामीलाई यस्ता धेरै अनुरोधहरू प्राप्त भएका छन्, जसमा महिलाहरूले जनवरी २२ मा 'सी सेक्शन'मार्फत बच्चा जन्माउन चाहन्छन् । तर यस प्रकारको डेलिभरीलाई उपयुक्त ठानिँदैन । ‘कतिपय व्यक्तिहरू छन्, जो एक विशेष समयमा मात्र बच्चा जन्माउन चाहन्छन् । तर हामी डाक्टर हौं र चिकित्सा विज्ञान अनुसार काम गर्छौं । बच्चा र आमाको अवस्था हेरेर मात्र डेलिभर गर्नेछौं,’ मुम्बईका स्त्री रोग विशेषज्ञ निरञ्जन चव्हाण, डा. चेरी शाहले भनिन् ।

उनका अनुसार देशका विभिन्न कुनाबाट डाक्टरहरूलाई यस्तो अनुरोध आएको छ । जसमा गर्भवती महिलाको परिवार २२ जनवरीमा मात्र बच्चा जन्मेको हेर्न चाहन्छ । दिल्लीका वरिष्ठ डाक्टर रुची टण्डनका अनुसार डाक्टरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वस्थ प्रसूति हो, जसमा आमा र बच्चा दुवै सुरक्षित रहन्छन् ।

जीएसवीएम मेडिकल कलेज, कानपुर अन्तर्गत मातृ शिशु अस्पतालकी डाक्टर सीमा द्विवेदीले भनिन्, ‘गर्भवती महिला जसको निर्धारित मिति जनवरी महिना हो र त्यसमा पनि २२ जनवरी हो, उनीहरूले मात्रै २२ जनवरीमा डेलिभरी गर्नुपर्छ ।’ उनका अनुसार हालसम्म १३ देखि १४ महिलाले यस्तो आग्रह गरेका छन् ।

डा. सीमा द्विवेदीले यसअघि पनि महिलाले विशेष समयका लागि सन्तान जन्माउन अनुरोध गर्ने गरेको बताउँदै सुत्केरी हुने समय स्थायी नभए पनि २२ जनवरीमा गर्भवती महिलामा निकै उत्साह रहेको बताइन् ।

उनका अनुसार यस अनुरोधलाई मध्यनजर गर्दै सम्भवः भएसम्म २२ जनवरीमा नै बच्चा जन्माइने छ । तर, गर्भवती महिलाको स्वास्थ्य र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखी निर्णय गरिनेछ । यो विशेष दिनमा डेलिभरीको मागलाई ध्यानमा राखेर तयारी पनि गरिएको छ ।

इरानसँगको सीमा क्षेत्रमा द्वन्द्व भएपछि पाकिस्तानी प्रधानमन्त्रीले डाके आपतकालीन सुरक्षा बैठक

इकागज | माघ ५, २०८०

पाकिस्तान- इरानसँगको सीमा क्षेत्रमा विवादपछि आपतकालीन सुरक्षा बैठक पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक क...

इरान-पाकिस्तान तनावः ११ सर्वसाधारणको मृत्यु, दुई छिमेकीबीचको सम्बन्ध जटिल बन्दै

इकागज | माघ ५, २०८०

काठमाडौँ - इरान र पाकिस्तानले यस हप्ता एक अर्काको क्षेत्रमा हवाई आक्रमण गर्दा कम्तीमा ११ व्यक्ति मारिएका छन्...

माल्दिभ्सले आफ्नो सैनिक लैजान भनेपछि भारतले भन्यो- 'माल्दिभ्ससँग विकास एजेण्डामा प्रतिबद्ध छौ'

इकागज | माघ ५, २०८०

काठमाडौँ - भारतीय विदेश मन्त्रालयले माल्दिभ्ससँग आफ्नो विकास एजेण्डा अगाडि बढाउन प्रतिबद्ध रहेको बताएको छ...

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, तीन सुरक्षाकर्मीसहित आठ जनाको मृत्यु

इकागज | माघ ५, २०८०

काठमाडौँ - भारतको मणिपुरमा पुनः हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएको हिंसामा पाँच सर्वसा...