विश्व

पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण

इकागज | पुस १३, २०८०

काठमाडौँ - पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निसाना साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले जनाएको हो । 

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ । 

आईएसपीआरकाअनुसार हतियार प्रणाली ४ सय किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर–उल–हक काकरले उडान परीक्षण सफल भएकोमा सहभागी सेना र वैज्ञानिकहरूलाई बधाई दिएका थिए । 

विष्फोटको सूचनापछि नयाँदिल्लीस्थित इजरायली दूतावासमा अर्धसैनिक बल तैनाथ

इकागज | पुस १२, २०८०

नयाँ दिल्ली - नयाँदिल्लीस्थित इजरायली दूतावास बाहिरी क्षेत्रमा  विष्फोट भएको सूचनापछि अर्ध सैन...

टर्कीले २०२४ को लागि कर्मचारीको न्यूनतम ज्याला ४९ प्रतिशतले बढायो

इकागज | पुस १२, २०८०

काठमाडौँ - टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्यूनतम् पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लि...

एफिल टावर बन्द

इकागज | पुस १२, २०८०

पेरिस - फ्रान्सको राजधानी पेरिसमा रहेको एफिल टावर बुधबार बन्द भएको छ ।  विश्वका प्रमुख पर्यटकीय...