विश्व

कर्मचारीको हड्तालपछि आइफिल टावरको सेवा अनिश्चितकालका लागि बन्द

इकागज | पुस ११, २०८०

पेरिस- फ्रान्सिस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हड्तालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ ।

टावर हेर्नका लागि दिइँदै आएको पर्यटकीय सेवा अनिश्चतकालका लागि अवरुद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । 

टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापनसम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हड्ताल गरेका फ्रान्सको श्रमिक महासङ्घ (सीजीटी) ले एक विज्ञप्तिमा जनाएको छ ।

महासङ्घले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ ।

सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अबद्धताबारे जानकारी गराएको छ । 

पेरिसको सबैभन्दा प्रसिद्धि आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन् । 

आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो । एएफपी

दिल्ली प्रहरीलाई इजराइली दूतावासनजिकै ‘विस्फोट’ भएको फोन प्राप्त, अधिकारीहरू घटनास्थलमा

इकागज | पुस १०, २०८०

नयाँदिल्ली- दिल्ली प्रहरीलाई मङ्गलबार साँझ चाणक्यपुरी क्षेत्रमा इजराइली दूतावास नजिकै विस्फोट गराइएक...

बढ्दो वायु प्रदूषणसँगै दिल्लीमा सवारी साधन र निर्माणमा प्रतिबन्ध

इकागज | पुस १०, २०८०

भारत- बढ्दो वायु प्रदूषणको स्तरलाई ध्यानमा राख्दै दिल्लीमा फेरि एक पटक सवारी साधन र निर्माण गतिविधिहरूमा...

रूससँग युद्ध गर्न युक्रेनलाई थप ५ लाख सैनिक आवश्यक, उमेर हद २७ बाट २५ मा झारियो

इकागज | पुस १०, २०८०

किभ- युक्रेनले रुसविरुद्धको २२ महिनापछि थप लामो युद्धमा जान अझै पाँच लाख सैनिक आवश्यक पर्ने बताएको छ ।...